back
CTIZAN AD

भारतीय राष्ट्रपतिको भ्रमणको स्वागत तयारी यसरी गरिँदैछ

वि.सं.२०७३ असोज २८ शुक्रवार

1K 

shares

pranab-mukharjee

२८ असोज,काठमाडौँ  । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई सफल बनाउनका लागि विभिन्न मन्त्रालयलाई जिम्मेवारी दिइने भएको छ ।

परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा आज बसेको बैठकले राम्रो सुरक्षा व्यवस्थाका लागि गृह, प्रभावकारी सञ्चारका लागि सूचना तथा सञ्चार र सरसफाइका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायतलाई जिम्मेवारी दिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । सो भ्रमण भव्य, सभ्य र व्यवस्थित गर्नका लागि आजको बैठक बोलाइएको बताइएको छ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौँ, पोखरा र जनकपुर जाने कार्यक्रम समेत तय भइसकेको छ । बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:३० मा प्रकाशित

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...