२९ असोज,फलेवास (पर्वत) । कालीगण्डकी लोकमार्गका यात्रुको सुविधालाई ध्यानमा राखी बाच्छा –१ निवास नौलावीर क्षेत्रीले आफ्नो चौरासी पूजाको खर्च कटाएर रु दुई लाखको लगानीमा फोक्सिङमा प्रतीक्षालय निर्माण गर्नुभएको छ ।
क्षेत्रीको ८४ पूजाको अवसर पारी गत वैशाखदेखि सुरु भएको निर्माण हालै सम्पन्न भएको हो । राष्ट्रिय गौरवको योजना लोकमार्गमा आवतजावत गर्ने यात्रुलाई सेवा दिने र सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि पनि आफूले प्रतीक्षालयमा लगानी गरेको उहाँले बताउनुभयो ।
-->