Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

बेल्जियमबाट लोकबहादुरले गरे विद्यालय पुनःनिर्माणका लागि पाँच लाख सहयोग



सन्तोष गौतम
२९ असोज,बााबियाचौर (म्याग्दी)  । भकिम्लीमा विद्यालय भवन पुनःनिर्माणका लागि एकै व्यक्तिले रु पाँच लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।

भूकम्पले क्षति पु¥याएको भकिम्ली–५ स्थित जयन्ती माविको भवन निर्माणका लागि हाल बेल्जियममा रहनुभएका लोकबहादुर रानाले व्यक्तिगत रुपमा रु पाँच लाख पाँच हजार सहयोग गर्नुभएको हो ।

दसँै मनाउन आफ्नो जन्मथलो आउनुभएका पूर्वविद्यार्थी समेत रहनुभएका रानाले शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन, प्रअ रामबहादुर पुन र शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीलाई रकम हस्तान्तरण गर्नुभयो । साथै रानाको संयोजनमा बेल्जियममा सङ्कलित रु एक लाख १८ हजार पनि सोही अवसरमा विद्यालयलाई उपलब्ध गराइएको थियो । यसैगरी भकिम्ली घर भई हाल जापानमा रहनुभएका यामबहादुर पुनले आफ्ना बुबा तिलबहादुरका नाममा विद्यालयलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।

जिल्ला शिक्षा कार्यालयले रु १९ लाख ५० हजार अनुदान उपलब्ध गराएको भवन निर्माण योजनाका लागि अन्य स्रोत चन्दा र श्रमदानमार्फत जुटाइने छ ।

दोवामा सामुदायिक भवन

दोवाका बासिन्दाले सामाजिक काममा उपभोग गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरेका छन् ।

सभाकक्ष सहितको दुईतले सो भवन निर्माणका लागि रु सात लाख लगानी भएको छ । जिविस म्याग्दीको लक्षित समुदायअन्तर्गत जनजातितर्फको रु पाँच लाख अनुदान र समुदायको रु दुई लाख बराबरको श्रमदानमा भवन निर्माण गरिएको स्थानीयवासी पदम पुर्जाले जानकारी दिनुभयो ।
नागरिक सचेतना केन्द्र
विपन्नको जीवनस्तर सुधार र सामाजिक रुपमा पछि परेका समुदायको सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष यहाँ थप ४३ नागरिक सचेतना केन्द्र स्थापना भएको छ ।

जिविस र बेनी नगरपालिका कार्यालयअन्तर्गत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मार्फत यसअघि ४१ स्थानमा केन्द्र स्थापना भएको थियो । विपन्नता स्तरीकरणका क्रममा दोस्रो प्राथमिकतामा परेका थप ४३ बस्तीका गरिब, विपन्न, दलित, महिला, जनजाति लगायत पछाडि परेका समुदायलाई समेटेर नयाँ केन्द्र स्थापना गरिएको हो । जिविसअन्तर्गत ३५ वटा गाविस र बेनी नगरपालिकामार्फत छ वटा वडामा नयाँ नागरिक सचेतना केन्द्र गठन भएका हुन् ।

बेनी नगरपालिकाको ६ र ७ नम्बर वडामा गठन भएका दुई केन्द्रलाई स्वीकृतिका लागि माथिल्लो निकायमा प्रस्ताव गरिएको सेवा प्रदायक संस्था कदमका कार्यक्रम अधिकृत मुक्ति ढुङ्गानाले बताउनुभयो । रासस


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।