back
CTIZAN AD

बेल्जियमबाट लोकबहादुरले गरे विद्यालय पुनःनिर्माणका लागि पाँच लाख सहयोग

वि.सं.२०७३ असोज २९ शनिवार

1.1K 

shares

सन्तोष गौतम
२९ असोज,बााबियाचौर (म्याग्दी)  । भकिम्लीमा विद्यालय भवन पुनःनिर्माणका लागि एकै व्यक्तिले रु पाँच लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।

भूकम्पले क्षति पु¥याएको भकिम्ली–५ स्थित जयन्ती माविको भवन निर्माणका लागि हाल बेल्जियममा रहनुभएका लोकबहादुर रानाले व्यक्तिगत रुपमा रु पाँच लाख पाँच हजार सहयोग गर्नुभएको हो ।

दसँै मनाउन आफ्नो जन्मथलो आउनुभएका पूर्वविद्यार्थी समेत रहनुभएका रानाले शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन, प्रअ रामबहादुर पुन र शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीलाई रकम हस्तान्तरण गर्नुभयो । साथै रानाको संयोजनमा बेल्जियममा सङ्कलित रु एक लाख १८ हजार पनि सोही अवसरमा विद्यालयलाई उपलब्ध गराइएको थियो । यसैगरी भकिम्ली घर भई हाल जापानमा रहनुभएका यामबहादुर पुनले आफ्ना बुबा तिलबहादुरका नाममा विद्यालयलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।

जिल्ला शिक्षा कार्यालयले रु १९ लाख ५० हजार अनुदान उपलब्ध गराएको भवन निर्माण योजनाका लागि अन्य स्रोत चन्दा र श्रमदानमार्फत जुटाइने छ ।

दोवामा सामुदायिक भवन

दोवाका बासिन्दाले सामाजिक काममा उपभोग गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरेका छन् ।

सभाकक्ष सहितको दुईतले सो भवन निर्माणका लागि रु सात लाख लगानी भएको छ । जिविस म्याग्दीको लक्षित समुदायअन्तर्गत जनजातितर्फको रु पाँच लाख अनुदान र समुदायको रु दुई लाख बराबरको श्रमदानमा भवन निर्माण गरिएको स्थानीयवासी पदम पुर्जाले जानकारी दिनुभयो ।
नागरिक सचेतना केन्द्र
विपन्नको जीवनस्तर सुधार र सामाजिक रुपमा पछि परेका समुदायको सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्ष यहाँ थप ४३ नागरिक सचेतना केन्द्र स्थापना भएको छ ।

जिविस र बेनी नगरपालिका कार्यालयअन्तर्गत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मार्फत यसअघि ४१ स्थानमा केन्द्र स्थापना भएको थियो । विपन्नता स्तरीकरणका क्रममा दोस्रो प्राथमिकतामा परेका थप ४३ बस्तीका गरिब, विपन्न, दलित, महिला, जनजाति लगायत पछाडि परेका समुदायलाई समेटेर नयाँ केन्द्र स्थापना गरिएको हो । जिविसअन्तर्गत ३५ वटा गाविस र बेनी नगरपालिकामार्फत छ वटा वडामा नयाँ नागरिक सचेतना केन्द्र गठन भएका हुन् ।

बेनी नगरपालिकाको ६ र ७ नम्बर वडामा गठन भएका दुई केन्द्रलाई स्वीकृतिका लागि माथिल्लो निकायमा प्रस्ताव गरिएको सेवा प्रदायक संस्था कदमका कार्यक्रम अधिकृत मुक्ति ढुङ्गानाले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०२:०५ मा प्रकाशित

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...