back
CTIZAN AD

आजबाट दशैँ सकिँदै : ऐश्वर्यका लागि जाग्राम बसौँ

वि.सं.२०७३ असोज २९ शनिवार

975 

shares

dashain-last
२९ असोज, काठमाडौँ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज अपराह्न १२:२२ मिनेटसम्म ९१५ घडी ४४ पला चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  बताउनुभयो । कोजाग्रत पूर्णिमाका लागि उदय नभई मध्यरात्रि व्यापिनी लिइने भएकाले शनिबार नै महालक्ष्मीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ ।

“आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा र सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलिपूर्ति आजैलाई निर्णय गरिएको हो, दशमीको पाँचौँ दिन सबै बलिपूर्ति गर्नुपर्ने विधान छ”, उहाँले भन्नुभयो ।

आज अपराह्न १२:२२ मिनेटदेखि आइतबार बिहान १० बजेर १५ मिनेटसम्म पूर्णिमा तिथि भएकाले आकाशदीप दान र कात्तिकस्नान भने असोज ३० गतेदेखि सुरु हुन्छ । पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान पूर्णिमा तिथिमा सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय विधान भएकाले असोज ३० गते यी पर्व मनाउनुपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

असोज ३० गतेदेखि बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि असोज ३० देखि नै सुरु हुने भएको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान गरिन्छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०२:०२ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...