back
CTIZAN AD

एनआरएनए बेल्जियमद्वारा वृद्धाश्रमलाई  सहयोग

वि.सं.२०७३ असोज २९ शनिवार

1.2K 

shares

प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल मोदीवेणी धाममा निर्माणाधीन वृद्धाश्रमलाई गैरआवासीय नेपाली सङ्घ बेल्जियमले सहयोग गरेको छ ।

पर्वत र छिमेकी बाग्लुङबाट बेल्जियममा पुगेका गैरआवासीय नेपालीले सङ्कलन गरेको रकम वृद्धाश्रम निर्माण समितिलाई हस्तान्तरण गरिएको हो । मोदीवेणी ज्येष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठलाई शुक्रबार रु दुई लाख ६७ हजार सहयोग हस्तान्तरण गरिएको छ । उक्त सहयोग सांसद अर्जुनप्रसाद जोशीले समितिलाई हस्तान्तरण गर्नुभयो । बेल्जियममा रहेका हिक्मत श्रेष्ठको पहलमा उक्त रकम सङ्कलन गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै सांसद जोशीले ज्येष्ठ नागरिकको हितका लागि गरेको सहयोगले पुण्यको काम गरेको बताउनुभयो ।

वि.सं.२०७३ असोज २९ शनिवार ०२:०९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...