back
CTIZAN AD

सिनाई आक्रमणमा नौ सैनिकको मृत्यु

वि.सं.२०७३ असोज २९ शनिवार

930 

shares

२९ असोज, कायरो (इजिप्ट)। इजिप्टको सिनाई प्रायद्विपमा इस्लामिक स्टेट समूहमा आवद्ध जिहादी समूहले सेनाको सुरक्षा जाँच स्थलमा शुक्रबार आक्रमण गर्दा कम्तिमा नौ जना सैनिक अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै उक्त नाकाबाट वारपार गर्ने मानिसहरूलाई जाँच गरी पठाइरहेका बेला भएको तोप आक्रमणमा परी नौजना सेनाको ज्यान गएको र केही सैनिक घाइतेसमेत भएका सेनाद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच सुरक्षाकर्मीमाथि भएको आक्रमणपछि गरेको जवाफी कारबाहीमा करिब १५ जना जिहादी विद्रोहीको समेत मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

घाइते सबैलाई नजिकैको एक अस्पतालमा पु¥याई उपचार सुरु गरिएको र केहीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ असोज २९ शनिवार ०२:२३ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...