back

सिनाई आक्रमणमा नौ सैनिकको मृत्यु

वि.सं.२०७३ असोज २९ शनिवार

573 

shares
IME Limited
NTC AD

२९ असोज, कायरो (इजिप्ट)। इजिप्टको सिनाई प्रायद्विपमा इस्लामिक स्टेट समूहमा आवद्ध जिहादी समूहले सेनाको सुरक्षा जाँच स्थलमा शुक्रबार आक्रमण गर्दा कम्तिमा नौ जना सैनिक अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै उक्त नाकाबाट वारपार गर्ने मानिसहरूलाई जाँच गरी पठाइरहेका बेला भएको तोप आक्रमणमा परी नौजना सेनाको ज्यान गएको र केही सैनिक घाइतेसमेत भएका सेनाद्वारा शुक्रबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच सुरक्षाकर्मीमाथि भएको आक्रमणपछि गरेको जवाफी कारबाहीमा करिब १५ जना जिहादी विद्रोहीको समेत मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

घाइते सबैलाई नजिकैको एक अस्पतालमा पु¥याई उपचार सुरु गरिएको र केहीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ असोज २९ शनिवार ०२:२३ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...