back
CTIZAN AD

ट्रम्पमाथि लगाइएको महिलामाथि यौन हिंसाको आरोप गलत : नेता माइक

वि.सं.२०७३ असोज २९ शनिवार

915 

shares

२९ असोज, वासिङटन (अमेरिका)। अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीतर्फका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि विपक्षीले अमेरिकी महिलामाथि यौन हिंसा गरेको भनी लगाएका आरोपले क्रमशः सफाइ पाइरहेको नेता माइक पेन्सले शुक्रबार बताउनुभएको छ ।

निर्वाचनमा ट्रम्पलाई जस्तो सुकै लाञ्छना लगाए पनि रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी राष्ट्रपतिका लागि योग्य उम्मेदवार रहेकाले ट्रम्पको विजय सुनिश्चित भएको पेन्सको भनाइ थियो ।

शुक्रबार अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तरवार्तामा रिपब्लिकन पार्टीद्वारा चलाएका चुनावी अभियानले ट्रम्पमाथि लगाइएका झुटा आरोपलाई खण्डन गर्दै अमेरिकी नागरिकबीच उहाँमाथि लगाइएका दोषारोपण सत्य नभएको स्पष्ट पार्न सफल भएको नेता पेन्सले बताउनुभयो ।

पेन्सले केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पमाथि लागेका यौन हिंसासम्बन्धी झुटो आरोपलाई अन्यायपूर्ण तरिकाले प्रचार गर्न लागिपरेको उहाँको दाबी छ ।

सञ्चारमाध्यमले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याकसम्बन्धी समाचारलाई समेत अमेरिकी नागरिकबीच पु¥याउन र निर्वाचनबाट स्वच्छ, इमान्दार तथा दक्ष नेतृत्व चयन गर्न सहयोग गर्ने अभियान चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

पेन्सले ट्रम्पमाथि लगाइएका यौन हिंसासम्बन्धी आरोपको खण्डन गर्दै अमेरिकी महिला जो कहिल्यै पनि नेता ट्रम्पको सम्पर्कमा पुग्न सकेका थिएनन् । उनीहरू पनि ट्रम्पबाट पीडित भएको भनी प्रचार गरिनु आश्चर्यको कुरा भएको बताउनुभयो ।

ट्रम्पको फ्लोरिडा र ओहिओमा हालै सम्पन्न निर्वाचन अभियानमा ट्रम्पप्रतिको आकर्षण थप बढेको रिपब्लिकन समर्थकको दाबी छ । रासस/एपी

वि.सं.२०७३ असोज २९ शनिवार ०२:३० मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...