Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चीनमा करिब दुई करोड कार प्रयोगकर्ता



 

२९ असोज, बेइजिङ (चीन) । सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ ।

चीनभर प्रयोगमा आएका जम्मा इन्धन र इन्जिनबाट सञ्चालन हुने यातायात दुई करोड ८० लाखमध्ये कारको सङ्ख्या एक करोड ९० लाख पुगेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् जनाएको छ ।

मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी उक्त विज्ञप्तिमा आर्थिक वर्षको तेस्रो चौमासिकमा थप ६१ लाख ८० हजार कार दर्ताका लागि आवेदन परेको जनाइएको छ ।

यस वर्ष दर्ताका लागि निवेदन सङ्ख्यामा २४.२ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो समय मोटरबाट चल्ने सवारी साधनमा आएको वृद्धिले चीनको ट्राफिक समस्यामा चुनौती वृद्धि हुने मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।