back

‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा भाग लिन प्रम गोवा प्रस्थान

वि.सं.२०७३ असोज २९ शनिवार

489 

shares
GLOBAL IME AD
NTC AD

pm-and-modhi

२९ असोज,काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

आजैदेखि सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गर्नुभएको थियो । यसअघि प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री दाहालको बिदाइका लागि मन्त्रिगण, नेकपा (माओवादी केन्द्र)का नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सोक्रममा प्रधानमन्त्री दाहालले नेपालको आवश्यकता र हितलाई पूरा गर्नेतर्फ सम्मेलनलाई बढीभन्दा बढी सदुपयोग गर्नुहुनेछ । सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ ।

प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनुहुनेछ । सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो ।

दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन् । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्राष्ट्रिय मञ्च हो भने बिमस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषय छलफल गर्न खडा गरिएको समूह हो जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।

ब्रिक्सले निर्माण, उत्तरदायित्व, समावेशिता, सामूहिकता र समाधानका विषय मुख्य उद्देश्य बनाउँदै पारस्परिक हितका विषयमा सामूहिक तवरले सम्बोधन गर्ने लक्ष्य लिएको छ । यस वर्षको ब्रिक्स सम्मेलनको नारा ‘जिम्मेवारीपूर्ण निर्माण र समावेशी तथा सामूहिक समाधान’ रहेको छ ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा रहने भ्रमण दलमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत हुनुहुनेछ । प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिएर आगामी कात्तिक १ गते स्वदेश फर्कनुहुने छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०३:३४ मा प्रकाशित

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर...

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी...

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको...

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई शिक्षा दिएर बालविवाह रोकथान गर्न सकिन्छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरिबीको रेखामुनि रहेका...

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

अवसरको उपयोग गर्न उपप्रधानमन्त्री सिंहको जोड

पाटन (ललितपुर) । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक...