अमेरिकाको बोष्टनमा १५१ औ मोती जयन्ती मनाइयो । अनेसास बोष्टन च्याप्टर ब्दारा समरभिल स्काट स्क्याट टिभि हलमा आयोजित कार्यक्रममा बोष्टनका कबि साहित्यकारहरु जम्मा भै कबि मोतिराम भट्ट प्रति हार्दिक श्रद्दा सम्झना ब्यक्त गरे । च्याप्टरका अध्यक्ष हरि काफ्लेको सभापतित्व एवँ सचिव यम पौडेल ले कबितामय बाताबरणमा सँचालन भएको कार्यक्रममा बोष्टनका साहित्यकार दिनेश राजभण्डारीको ३० सौँ र ३१औँ कृति क्रमसस् हाम्रो बिरामी देश कबिता सँग्रह र प्रेम पत्र गजल सँग्रह बिमोचन गरियो । प्रमुख अतिथि बरिष्ट चित्रकार ऊत्तम नेपालीले ऊक्त दुइ कृति बिमोचन गरेका थिए । अनेसास बोष्टन व्दारा हरेक बर्ष प्रदान हुने २५१ डलर सहितको “ राजमित्र स्मृति प्रज्ञा पुरस्कार “ कार्यक्रममा साहित्यकार दिनेश राजभण्डारीलाई प्रदान गरियो । दुइबर्ष कार्यकालको अनेसास बोष्टन च्याप्टर को पुनर्गठन समेत आपसि समझदारीमा सम्पन्न भै कबि लाल गोपाल सुबेदीको अध्यक्षतामा १५ सदस्यिय नया कार्यसमिति गठन भएको कुरा कार्यक्रममा घोषणा गरियो ।
आपसि समझदारीको नया कार्यसमितिमा अध्यक्ष लालगोपाल सुबेदी, ऊपाध्यक्ष यम पौडेल , ऊपाध्यक्ष दिनेश राजभण्डारी, सचिव कृष्णराज खनाल , कोषाध्यक्ष एल बि ऐर , सदस्यहरुमा बिजय पौडेल, गौरब थपलिया, अनु शाह, दिपा राई, ममता कर्माचार्य, अबि गजुरेल, गोबर्द्धन पुजा, महेश्वर पन्त, सुशिल नेपाल तथा हरि प्रसाद काफ्ले “शैव” निर्बाचित भएको कुरा प्रमुख निर्बाचन आयुक्त तथा जिबिएनसि का अध्यक्ष राम थापाले घोषणा गर्दै नबनिर्बाचित अध्यक्षलाई टिका लगाएका थिए । साथै अर्का निर्बाचन आयुक्त तथा पशुपतिनाथ बुद्द फाऊण्डेशनका चियरपर्शन मिलन गुरुङले अनेसास का नब निर्बाचित पदाधिकारीहरुलाई मन्तब्य सहित बधाइ दिएका थिए ।
ग्रेटर बोष्टनमा रहेर नेपाली भाषा साहित्यको विकासमा लागिपर्ने मध्ये बर्षमा एक जनालाई प्रदान गर्ने २५१ डलरको “ राजमित्र स्मृति प्रज्ञा पुरस्कार “ माटेपानी पोखरामा जन्मेर बोष्टनमा बसोबास गर्ने साहित्यकार दिनेश राजभण्डारीलाई प्रदान गरियो । नेपालमा प्रजातन्त्र प्राप्तीको लागी २००७ साल अगावै देखिका योद्दा बिराटनगरका स्व। बाबा राजेन्द्र प्रसाद नेपाल तथा ऊहाकी धर्मपत्नी मित्रबिन्दा गौतम को स्मृतिमा बोष्टन माल्देन निवासी ऊहाका साहित्यप्रेमी छोरा बुहारी शुसिल नेपाल तथा सुमन नेपाल ले सन २०१४ को मोती जयन्तीमा स्थापना गरेको यस पुरस्कार पाऊने ऊहा दोश्रो ब्यक्तित्व हुन । पुरस्कार छनौटको लागि गत बर्ष यस पुरस्कार पाऊने भारति गौतमको सँयोजकत्वमा अनेसासका हरि काफ्ले तथा बिजय पौडेल रहेको ३ सदस्यिय समिति गठन भएको थियो । सदस्य बिजय पौडेलले समितिको निर्णय स्टेजबाट सुनाएपछि प्रमुख अतिथि ऊत्तम नेपाली , अनेसास बोष्टनका पुर्ब अध्यक्ष अच्युत अधिकारीले बिशेष सम्मान सहित पुरस्कार प्रदान गरेका थिए । लगतै अनेसास केन्द्रका महासचिव गोबर्द्धन पुजा ले ३० बर्षमात्रै बाचेका कबि मोतिरामलाई आफुले सबैभन्दा श्रद्दा गर्ने बताऊदै मोति जयन्तीकै अवशरमा साहित्यकार दिनेश राजभण्डारीलाई सम्मान गर्न पाऊनु साह्रै गर्बको कुरा भएको बताए ।
कार्यक्रमको शुरुमा गजलकार अबि गजुरेलले निकै मार्मिक गजल प्रस्तुत गरि सबैको ध्यानाकर्षण गरेपछि कार्यक्रम शुरु भएको थियो । कलाकार श्याम नेपाली तथा प्रिय अभिबावक कलाकार रञ्जन बुढाथोकी सहितको हिमालय हेरिटेज कल्चरल एकेडेमी टिम ले आफ्नो मार्मिक नेपाली साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा कबि लाल गोपाल सुबेदीले स्वागत मन्तब्य सहित मोतीराम भट्टको ब्यक्तित्व र कृतित्व ऊपर चर्चा गरेका थिए । साहित्यकार महेश्वर पन्तले हारमुनियम सगै चोटिलो गजल सुनाएका थिए । यस पटक को मोति जयन्तीमा पनि मिठो खाना को ब्यबस्था गर्ने सामाजिक मनका धनि साहित्यिक ब्यक्तित्व शुसिल नेपाल र सुमन नेपाल दम्पति र साह्रै मेहनत गरि मिठो स्वादिष्ट नेपाली परिकार तयार गर्ने फिष्टल किचनका जाल प्रसाद घिमिरेलाई सहभागी सबैले धन्यबाद दिए । यसै क्रममा सुशिल नेपाल दम्पतिलाई सचिब यम पौडेल व्दारा मायाको चिनो प्रदान गरेँ ।
कार्यक्रमको अन्तिममा सभापति हरि काफ्लेले नेपाली भाषा साहित्यको श्रीबृद्दिको लागि बोष्टनमा शुरु देखि लागिपर्ने अग्रजहरु , अनेसास का पदाधिकारी , बोष्टनमा रहेर कृति प्रकाशन गर्ने सर्जकहरु, साहित्यिक पुरस्कार को थालानी गर्ने सुशिल नेपाल सुमन नेपाल दम्पति, पुरष्कृत ब्यक्तित्व दिनेश राजभण्डारी लगायत नबगठित समितिलाई बधाई दिदै आफ्नो कार्यकालमा साथ दिने सबैलाई मुरिमुरी धन्यबाद दिएपछि कार्यक्रम सकिएको थियो ।
वि.सं.२०७३ असोज २९ शनिवार ०६:४० मा प्रकाशित


























