back
CTIZAN AD

पोल्याण्डमा दसैं तिहारको शुभकामना आदान–प्रदान

वि.सं.२०७३ असोज २९ शनिवार

1.6K 

shares

poland
श्री कृष्ण न्यौपाने, वार्षा पोल्याण्ड । गैरआवाशीय नेपाली संघ पोल्याण्डले दशैँ एबम तिहार शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम २०७३ बिजया दशमीको दिन पारेर पोल्याण्डको राजधानी वार्शामा माननीय सभासद रामचन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
साझको करिब ८ बजे संघका अध्यक्ष डा. बोधराज सुबेदीको सभापतित्वमा शुरु भएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष मित्रलाल पार्देले स्वागत मन्तब्य राख्नु भएको थियो भने अन्तरास्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डका अध्यक्ष श्री कृष्ण न्यौपाने कि छोरी अपि न्यौपाने र समाजका उपाध्यक्ष रिता न्यौपानेकी छोरी गुञ्जन न्यौपानेले स्वागत नृत्य प्रस्र्तुत गर्नु भएको थियो । बाल कलाकारले प्रस्तुत गरेको नृत्यको निर्देशन कल्पना न्यौपानेले गर्नुभएको थियो ।
बिगत ५८ बर्ष देखि पोल्याण्डमा रहनु भएका अग्रज दुर्गा मास्के, जनसम्पर्क समिति पोल्याण्डका सभापति एबम क्ष्ऋऋ सदस्य डा. एलिनी सुबेदी, महिला संयोजक रिता न्यौपाने लगायत नेपालबाट आउनु भएका अतिथि संघका उपाध्यक्ष गोपाल राईका पिता त्यसै गरी संघका कार्य समिति सदस्य प्रभाकर खड्काका पिताले समेत शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रमुख अतिथि पोख्रेलले आफ्नो शुभकामना मन्तव्यका क्रममा पोल्याण्डमा भईरहेको उक्त कार्यक्रमलाई व्यवस्थापिका संसदसंग तुलना गर्दै बानेस्वर पछिको संसदीय सभाको उपमा दिनु भएको थियो । कार्यक्रमको सुरुवातमा बजेको नेपाली रास्ट्रिय गीत उपस्थित सम्पुर्ण नेपालीहरुको रास्ट्र प्रेम, दौरा सुरुवाल र ढाका टोपीमा उपस्स्थित ब्यक्तिहरु प्रबेसद्वार र मंचमा लहराईरहेका नेपाली झण्डाले यो समारोह बानेस्वर भन्दा कम छैन भन्ने टिप्पणि गर्दै उपस्थित जन समुदायले राखेका जिज्ञासा व्यवस्थापिका बैठक सम्म पुर्याउने प्रतिबद्धता समेत गर्नु भएको थियो ।

poland2
कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो पहिलो चरणमा शुभकामना आदानप्रदान, दुर्गा पुजा तथा टिका लगाउने कार्यक्रम रहेको थियो जसमा दुर्गा पुजा पण्डित रामचन्द्र न्यौपानेले गर्नु भएको थियो भने सभापति र प्रमुख अतिथिले उपस्थित सबैलाई टिका लगाईदुनु भएको थियो । टिका कार्यक्रम लगतै सबै उपस्थित ब्याक्तिहरुलाई खान पानको ब्यबस्था गरिएको थियो भने कार्यक्रमको दोश्रो चरणमा गायक सन्तोष अधिकारि,सुमित पुन मगर र डम्बरले आ–आफ्ना गित गाएर दर्शकलाई मनोरंजन प्रदान गर्नु भएको थियो ।
संघका महासचिब श्री श्रीकृष्ण न्यौपानेले कार्यक्रमको संचालन गर्नु भएको थियो भने उपाध्यक्ष गोपाल राई कोषाध्यक्ष जीवन केसी सचिव नारायण चालिसे सदस्य प्रभाकर खडका लगायतले हल ब्यबस्थापनमा भूमिका खेल्नु भएको थियो ।

वि.सं.२०७३ असोज २९ शनिवार ०६:३२ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...