back
CTIZAN AD

विश्व नेपाली चलचित्र पुरस्कार समारोह अमेरिकामा कोलोराडोमा हुँदै

वि.सं.२०७३ असोज २९ शनिवार

2.1K 

shares

award

विजय थापा ,वाशिंगटन डिसी ।  अमेरिकाको कोलोराडो राज्यको डेनभरमा आगामी तिहार तथा छठ पर्व पछि कार्तिक २७ गते तदनुसार नोभेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म अवार्ड नामक कार्यक्रमको आयोजना हुने भएको छ ।

चलचित्र सम्बन्धि पुरस्कार समारोह अधिकांश रुपमा मुलुकभित्र मात्र हुने गरेको हुनाले नेपाली चलचित्रलाई विश्व सामु चिनाउने मुख्य ध्येयले अमेरिकामा पहिलो पटक कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन ।

उक्त समारोहलाई बिशेष सफलतापुर्वक सम्पन्न गर्न एक बत्तीस सदस्यीय मूल समिति तथा अन्य बिभिन्न समिति तयार गरिएको छ । समितिका पदाधिकारीहरु कार्यक्रममा कुनै कमि कम्जोर नहोस भन्नको खातिर अहोरात्र काम गरि रहेको समारोहका संयोजक कलाकार तथा नायक नबराज श्रेष्ठले बताए ।

उक्त समारोहमा उत्कृष्ट चलचित्र ,उत्कृष्ट नायक तथा नायिका, सह नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, जीवनकाल कार्यसिद्धि पुरस्कार समेत गरि आठ ओटा विधामा प्रदान पुरस्कार गरिने भएको छ ।

समारोहमा नायक शिब श्रेष्ठ ,नायक कृष्ण मल्ल ,नायक निर शाह ,नायक सुनिल थापा ,नायिका शर्मिला मल्ल ,कलाकार बसुन्धरा भुसाल ,संगीत निर्देशक सम्भुजित बास्कोटा ,नृत्य निर्देशक बसन्त श्रेष्ठ ,नायक तथा निर्माता मधु श्रेष्ठ आदी आउने भएका छन ।

यसै गरि समारोहमा चलचित्र निर्देशक सुदर्शन थापा ,नायिका अशिस्मा नकर्मी ,नायिका पूजा शर्मा ,नायिका यूना उप्रेती तथा नायिका नन्दिता केसी ,नायक गणेश उप्रेती ,नायक विक्रान्त बस्नेत ,चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई ,चलचित्र कलाकार संघ नेपालका अध्यक्ष राम किसर बगोटी ,चलचित्र निर्देशक उदय सुब्बा ,चलचित्र निर्देशक श्याम भट्टराई ,वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल आउने भएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा अमेरिका, नेपाल र विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकले जानकारी दिएका छन ।

उक्त कार्यक्रमको लागी वितरक प्रदिप उदय,संचारकर्मी सरोज केसी ,चलचित्र निर्देशक नारायण पुरी ,नायिका सारंगा श्रेष्ठ आउने छन भने कार्यकममा बिशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ,महाबाणिज्य दुत प्रेम राजा महत ,क्यालिफोर्नियाका बाणिज्य दुत ऋषि ढकाल तथा अमेरिकाका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने भएको छ ।

कार्यक्रम नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटिनेपाल डटकमको सयुक्त आयोजनामा हुने भएता पनि थुप्रै संघ ,संस्था तथा संचार माध्यमले सहभागिता जनाउने भएका छन ।

कार्यक्रम कोलोराडोको ब्रुमफिल्ड सभामन्डपमा हुने छ भने बासको व्यवस्थाको लागि रमादा नामक पाहुना घरमा अग्रिम रुपमा आफ्नो लागि कोठा आरक्षण गर्न सकिने आयोजकले बताएका छन । कार्यक्रम संयोजक नवराज श्रेष्ठले सबैलाई अग्रिम रुपमा कोठा लिन आग्रह गर्दै अमेरिका रहेका सबै नेपाली समुदायलाई समर्थन गर्न बिशेष अनुरोध गरेका छन ।

वि.सं.२०७३ असोज २९ शनिवार ०६:१३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...