back
CTIZAN AD

दसैँको अवधिमा साना सवारी दुर्घटना बढी

वि.सं.२०७३ असोज ३० आइतवार

858 

shares

३० असोज,बुटवल। चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए ।

विगतका वर्षहरूको तुलनामा यसवर्ष ठूला सवारी साधनभन्दा अधिकांश साना सवारीको दुर्घटनामा धेरै क्षति भएको पाइएको छ । चाडपर्वका समयमा दसँै मनाउन गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू दुर्घटनामा परेको पाइएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश न्यौपानेका अनुसार ठूला सहरहरूका न्यून गतिमा चलाएका सवारी साधन खुल्ला राजमार्गमा पुग्दा उच्च गतिले चलाउँदा दुर्घटना बढेको बताउनुहुन्छ ।

पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका अनुसार पश्चिमाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रूपन्देही र नवलपरासीमा छन् । यी जिल्लामा १०÷१० वटा दुर्घटना भए । सबैभन्दा धेरैको मृत्यु भने नवलपरासीमा भयो । उक्त जिल्लामा नौजना र रूपन्देहीमा छजनाको मृत्यु भयो ।

दुर्घटना भएका सबैभन्दा धेरै साधन मोटरसाइकल हुन् । रूपन्देहीमा आठ र नवलपरासीमा चारवटा मोटरसाइकल दुर्घटना भए ।

ट्राफिक प्रहरी कार्यालयको अघिल्लो वर्ष २०७२ को दसँैको अवधिमा भएका ३८ दुर्घटनामा २५ ले ज्यान गुमाएका थिए भने २०७१ सालको दसैँको अवधिमा यी दुवै वर्षको भन्दा दोब्बर ६१ वटा दुर्घटना भएका थिए । त्यसमा २९ जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै यस वर्षको दसैँको १५ दिनभित्र भएका ३७ वटा दुर्घटनामा ८८ जना घाइते भए । तीमध्ये गम्भीर ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दसैँको समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाच्नेजस्ता कारणले अत्यधिक दुर्घटना भएको पाइएको छ ।

यसका साथै साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण पनि दुर्घटनाका मुख्य कारण बनेका छन् । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०४:५३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...