Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

दसैँको अवधिमा साना सवारी दुर्घटना बढी



३० असोज,बुटवल। चाडपर्वको समयमा हुने सवारी दुर्घटनामा यसवर्ष दसैँको समयमा केही कमी आएको देखिएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार यसवर्षको दसैँ अवधिमा पश्चिमाञ्चलमा ३७ वटा सवारी साधन दुर्घटना भएकामा २३ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश दसैँ मनाउन यात्रामा थिए ।

विगतका वर्षहरूको तुलनामा यसवर्ष ठूला सवारी साधनभन्दा अधिकांश साना सवारीको दुर्घटनामा धेरै क्षति भएको पाइएको छ । चाडपर्वका समयमा दसँै मनाउन गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू दुर्घटनामा परेको पाइएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश न्यौपानेका अनुसार ठूला सहरहरूका न्यून गतिमा चलाएका सवारी साधन खुल्ला राजमार्गमा पुग्दा उच्च गतिले चलाउँदा दुर्घटना बढेको बताउनुहुन्छ ।

पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका अनुसार पश्चिमाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रूपन्देही र नवलपरासीमा छन् । यी जिल्लामा १०÷१० वटा दुर्घटना भए । सबैभन्दा धेरैको मृत्यु भने नवलपरासीमा भयो । उक्त जिल्लामा नौजना र रूपन्देहीमा छजनाको मृत्यु भयो ।

दुर्घटना भएका सबैभन्दा धेरै साधन मोटरसाइकल हुन् । रूपन्देहीमा आठ र नवलपरासीमा चारवटा मोटरसाइकल दुर्घटना भए ।

ट्राफिक प्रहरी कार्यालयको अघिल्लो वर्ष २०७२ को दसँैको अवधिमा भएका ३८ दुर्घटनामा २५ ले ज्यान गुमाएका थिए भने २०७१ सालको दसैँको अवधिमा यी दुवै वर्षको भन्दा दोब्बर ६१ वटा दुर्घटना भएका थिए । त्यसमा २९ जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै यस वर्षको दसैँको १५ दिनभित्र भएका ३७ वटा दुर्घटनामा ८८ जना घाइते भए । तीमध्ये गम्भीर ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दसैँको समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाच्नेजस्ता कारणले अत्यधिक दुर्घटना भएको पाइएको छ ।

यसका साथै साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण पनि दुर्घटनाका मुख्य कारण बनेका छन् । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन