back
CTIZAN AD

नेपाली सेनाबाट चिनियाँ सेनाले सिक्न चाहेको छःचिनियाँ रक्षामन्त्री

वि.सं.२०७३ असोज ३० आइतवार

768 

shares

३० असोज,काठमाडौँ। विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौैँ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले प्रशंसा गरी ‘विलक्षण’ क्षमता बोकेका नेपाली सेनाबाट चिनियाँ सेनाले पनि केही सिक्न आवश्यक रहेको बताउनुभएको जानकारी दिनुभयो ।
रक्षामन्त्री बालकृष्ण खाणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा सुरक्षा र सहयोगलाई कसरीसँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– “आतङ्कवादका कारणले सुरक्षामा देखिएका समस्या र समाधानका विषयमा नेपालको धारणा सम्मेलनमा राखिएको छ ।”

सियाङसान सम्मेलनका क्रममा मन्त्री खाणसँगको भेटमा चिनियाँ रक्षामन्त्री छाङसँगले नेपालको संविधानप्रति चीन र चिनियाँको सद्भाव र समर्थन रहेको जानकारी गराउँदै नेपालले शान्ति, समृद्धि र प्रगतिमा सफलता हासिल गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

दुवै देशका सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणको आदानप्रदानलाई निरन्तरता दिन आवश्यक रहेका विषयमा उहाँहरुबीच विचारविमर्श भएको थियो । दुवै रक्षामन्त्रीबीचको भेटमा नेपाली सेना र चिनियाँ सेनाबीचको सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको मन्त्री खाणले जानकारी दिनुभयो ।

द्रुतगतिको आर्थिक प्रगतिमा रहेको चीनले कुनै पनि मुलुकको समृद्धिका लागि छिमेकी मुलुकमा शान्ति र प्रगति हुन आवश्यक छ भन्ने पक्षलाई राम्ररी महसुस गरेको आफूले पाएको मन्त्री खाणले बताउनुभयो ।

सम्मेलनमा ६४ मुलुकका ४०० प्रतिनिधिको सहभागिता थियो । रक्षामन्त्री खाणको स्वागतका लागि प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा र नेपाली सेनाका रथीवृन्द विमानस्थल पुग्नुभएको थियो । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०८:०१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...