back
CTIZAN AD

रोजगारमूलक व्यवसायमा लाग्ने थाले वादी समुदाय

वि.सं.२०७५ भदौ १ शुक्रवार

801 

shares

 

१ भदौ, नेपालगञ्ज । बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ ।

विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको दृष्टिकोणमा परिवर्तन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा सदस्य मञ्जु नेपाली बादीले भने, “अरु समुदायजस्तै बादी पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

“विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो, अहिले हाम्रो समुदाय इज्जतिलो पेशा गरेर जीवन निर्वाहमा जुटेको छ” नाम उल्लेख नगर्ने शर्तमा नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाले भनिन् ।

विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय, लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालिम लिएका त्यस समुदायका सयाँै महिला नेपालगञ्जमा सानादेखि ठूला स्वरोजगारमूलक व्यवसायमा संलग्न भएका छन् । समाजले अहिले उनीहरूलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।

बाँके मात्र होइन प्रदेश नंं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिला इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगारलगायतका इलममा संलग्न छन् ।

यहाँको गगनगञ्जको भगवान तलाउ क्षेत्रमा बसोबास गर्ने र अगैया, कोहलपुर क्षेत्रकाबादी समुदायका सबै घरपरिवारका सदस्य कुनै न कुनै इलममा संलग्न छन् । उनीहरूका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।

वि.सं.२०७५ भदौ १ शुक्रवार १३:१७ मा प्रकाशित

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...