back
CTIZAN AD

परम्परागत आरन लोप हुँदै

वि.सं.२०७३ कात्तिक १ सोमवार

918 

shares

१ कात्तिक,पाल्पा। कृषि औजारहरु निर्माण गर्ने आरन लोप हुन थालेका छन् ।

जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत आरन अहिले देखिन छाडेका छन् ।

दलित समुदायको पुख्र्यौली पेसाका रुपमा रहेको कृषि औजार निर्माण गर्ने पेसामा युवा पुस्ताको आकर्षण हुन नसक्दा आरन पेसा सङ्कटमा पर्दै आएको हो ।

कृषि उत्पादनमा प्रयोग गरिने औजारहरु अहिले बजारमा अत्याधुनिक सरसामान प्रशस्त पाइन थालेपछि कृषकको आकर्षणसमेत स्थानीयस्तरमा उत्पादितभन्दा पनि प्रविधिद्वारा निर्मित औजारको प्रयोगमा बढ्न थाल्दा गाउँ सहरमा आरन देख्नसमेत रहर हुन थालेको हो ।

हँसिया, कोदालो, ओदान, कुटो, दाउ, फालीलगायतका कृषि औजार उत्पादन गर्दा फलामलाई कोइलाको आगोमा तताएर नै औजारको आकार दिने र पुराना भएका कृषि औजारलाई अर्जापेर धारिलो बनाउने गरिन्छ । कोइलाको आगोमा अर्जाप्दा कृषि औजार बढी टिकाउ हुने प्रयोगकर्ता बताउँछन् ।

आजभन्दा २० वर्षअघि जिल्लाको यम्घा, हुमिन, छहरा, फेक, पालुङ्गमैनादी, कचल, भुवनपोखरी, सोमादी, सिद्धेश्वर, ख्याह, देउराली, ताहु, वीरकोटलगायतका गाविसमा प्रशस्त देखिने आरन अहिले जिल्लामा खोज्नुपर्ने अवस्था रहेको चापपानीका शिव विश्वकर्माले जानकारी दिनुभयो ।

नयाँ प्रविधिबाट स्वदेश तथा विदेशमा उत्पादित कृषि औजारले बजार कब्जा गर्न थालेपछि ग्रामीण क्षेत्रका आरन विस्थापित हुने अवस्था आएको यम्घाका खुमबहादुर विकले बताउनुभयो ।

दलित समुदायको पुख्र्यौली पेसालाई राज्यले सम्मान र अत्याधुनिक तरिकाबाट अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

दलित समुदायको पुख्र्याैली पेसालाई राज्यले सम्मानित पेसाका रुपमा स्थापित गर्न बजेट विनियोजन गर्नसमेत आवश्यक रहेको दलित वर्ग समन्वय समिति, पाल्पाका पूर्व उपाध्यक्ष खुमबहादुर विकको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०९:५० मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...