back
CTIZAN AD

मूलुकको अर्थतन्त्र खतराको बिन्दुमा छैन– अर्थमन्त्री

वि.सं.२०७५ भदौ १३ बुधवार

1.1K 

shares

१३ भदौ, काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मूलुकको अर्थतन्त्र खतरामा नरहेको स्पष्ट पारेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले मूलुकको अर्थतन्त्र खतराको बिन्दुमा नरहेको भन्दै ढुक्क हुन आग्रह गरे । ‘हाम्रो अर्थतन्त्र खतराको बिन्दुमा छैन्’ उनले भने, ‘दिगो अर्थतन्त्रका लागि केहि समय पर्खनुहोस’ ।
उनले मूलुक सबल अर्थतन्त्रको बाटोमा अघि बढिरहेको बताउदै पछिल्लो समय आर्थिक विकासले मोमेन्टम लिएको समेत दाबी गरे । अर्थमन्त्री खतिवडाले बजेट अनुशासनमा नभएको बेला आफूले वित्तिय अनुशासन ल्याउने प्रयास गरेकोमा आफ्नो आलोचना भएको बताए। उनले अर्थतन्त्रका केही सूचकहरु मात्रै कमजोर रहेको भन्दै अहिले नै परिणाम खोज्ने बेला भइसकेको बताए ।
पछिल्ला दुई वर्ष ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेको र ८ प्रतिशतको बृद्धिको लक्ष्यमा रहेको बताउदै समग्र अर्थतन्त्रका सुचकहरु सकरात्मक रहेको स्पष्ट पारे । उनले मूलुकले धान्न नसक्ने आयात घटाउन तथा राष्ट्रिय आय बढाउन केहि भन्सार दर बढाएको बताए ।
वस्तुको आयात गर्दा सेवा निर्यात गर्न मिलेको खण्डमा घाटा समायोजन हुने बताउदै अर्थमन्त्री खतिवडाले उत्पादन क्षेत्रका सामाग्री आयात गर्दा व्यापार घाटा हुने कुरा तर्कसंगत नहुने समेत स्पष्ट पारे । उनले भने, जहाज आउँदा ब्यापार घाटा बढेपनि त्यसको सेवाले घाटा कम गर्छ’ ।

निजी क्षेत्रबिना ८ प्रतिशतको आर्थिक बृद्धि सम्भव नभएको बताउदै कानुन निर्माण गरी अनुकुल वातावरण बनाउन सरकार लागिपरेको बताए । वित्तिय संघीयता कार्यान्वयनका लागि कानून निर्माण भईरहेको बताउदै उनले अर्थतन्त्रमा देखिएका समस्याहरु समधान गर्न सरकार प्रतिवद्ध रहेको समेत सपष्ट पारे ।

 

वि.सं.२०७५ भदौ १३ बुधवार १२:११ मा प्रकाशित

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...