back
CTIZAN AD

गण्डकी प्रदेश पूर्ण खोप घोषित

वि.सं.२०७५ भदौ १३ बुधवार

693 

shares

१३ भदौ, पोखरा । गण्डकी प्रदेशलाई ‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकामा खोप सुनिश्चिता गरेका हुन् ।

दुई चरणमा १६ देखि २३ महिनाका ३५ हजार ८४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रुपमा घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेकाले आज गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

आगामी दिनमा कुनै पनि अवस्थामा कुनै पनि बालबालिका खोप लिनबाट वञ्चित हुने छैन भनी प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । दुई चरणमा १६ देखि २३ महिनाका ३५ हजार ८४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रुपमा घोषणा गरिएको हो ।

बालबालिकालाई प्रदान गरिने गरिएको ११ प्रकारको खोपमा दिइन्छ । प्रतिबालिकामा रु पाँच हजार बराबरको खोप र प्रशासनिक खर्चसमेत गरी रु ३० हजार खर्च हुने गरेको छ । खोपका लागि गण्डकी प्रदेश वार्षिकरुपमा रु एक अर्ब ७० करोड लाग्छ । सोमध्ये नेपाल सरकारको ६० प्रतिशत र ४० दातृ संस्थाको सहयोग रहेको जनाइएको छ ।

गण्डकी प्रदेशको एक हजार ७७० वटा खोप केन्द्र र एक हजार ४१६ वटा गाउँघर क्लिनिकका साथै पाँच हजार ९३९ जना महिला स्वयंसेविका मार्फत समुदायस्तरमा सो स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमै सबैभन्दा पहिलो गण्डकी प्रदेशले पूर्ण खोप सुनिश्चितताको प्रदेशका रुपमा घोषणा गरेको प्रशङ्ग उल्लेख गर्दै शिक्षा, रोजगारलगायत क्षेत्रमा पहिलो प्रदेशका रुपमा पहिचान बनाउन सबै पक्षलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।

सभामुख नेत्रनाथ अधिकारीले स्वच्छ, स्वस्थ्य र समृद्ध नेपाल बनाउनका लागि जिम्मेवारीका साथ कर्तव्य निष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशमा खोप कार्यक्रम पूर्णरुपमा सफल भएको बताइन् ।

वि.सं.२०७५ भदौ १३ बुधवार १९:०० मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...