back
CTIZAN AD

प्रिन्सिपलको कर्तुत, छात्रामाथि दुव्र्यवहारको आरोपमा पक्राउ

वि.सं.२०७५ भदौ १३ बुधवार

1.1K 

shares


बुटवल, १३ भदौ । विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल आज पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरको ज्ञानपुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रहरी नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

“घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, उनले भने । प्रहरी निरीक्षक थापाले दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । छात्राले आफ्ना आमाबाबुसँग दुव्र्यवहारबारे बताएपछि स्थानीय बासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए । आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । सो विद्यालय बन्द भएको छ ।
–––

वि.सं.२०७५ भदौ १३ बुधवार १९:०६ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...