back
CTIZAN AD

एशियाडमा नेपाललाई रजत पदक

वि.सं.२०७५ भदौ १३ बुधवार

1.1K 

shares

१३ भदौ, काठमाडौँ  । एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले आज रजत हात पारेको हो ।

पहिलो पटक एशियाली खेलकूद ९एशियाड०मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले आज नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च उपाधी हो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

थाइल्याण्डको बैंककमा १९९८ मा तेक्वान्दो खेलाडी राजभण्डारीले जितेको रजतपछि अर्को रजत पदक जित्न नेपाललाई २० वर्ष कुर्नुप¥यो । नेपालले कूल १६ संस्करण खेल्दासम्म एशियाडमा स्वर्ण पदक भने जित्न सकेका छैन ।

विमल अधिकारीले नेतृत्व गरेको नेपाली प्याराग्लाइडिङ टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । क्रस कन्ट्री इभेन्ट इण्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो ।

नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अङ्कले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कूल ११ हजार ३६४ अङ्क ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अङ्क प्राप्त गरेको हो ।

जारी प्रतियोगितामा नेपाल पदक जित्ने ३७औँ मुलुकसमेत भएको छ । यसअघि जारी प्रतियोगितामा ३६ मुलुकले पदक जितिसकेका छन् । एशियाडको १८औँ संस्करणसम्म आएपुग्दा नेपालले कूल दुई रजत र २२ कांस्य पदक जितेको छ ।

“पदक जितेकामा धेरै खुशी लागेको छ”, नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले भने, “पहिलो प्रयासमै हामी पदक जित्न सफल भयौँ ।”

नेपाली टोलीका प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले भन्नुभयो, “१८औँ एशियाडमा नेपालको पदकको खडेरी तोड्न सफल भएका छौँ । यो नेपालीका लागि गौरवको कुरा हो ।” एशियाली खेलकूदमा पदक जित्ने प्याराग्लाइङडिङ नयाँ खेलसमेत भएको हो । योसँग नेपालले एशियाली खेलकूदमा दुई रजतसहित २४औँ पदक जितेको छ ।

पदकको आशा गरिएको तेक्वान्दो, कराते, बक्सिङजस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एशियाली खेलकूद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो ।

वि.सं.२०७५ भदौ १३ बुधवार १९:०९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...