१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपालले फिल्डिङ गर्ने निर्णय लिदैँ युएईलाई ब्याटिङको निम्तो दिएको हो ।
आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाव छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपाल जित्नै पर्ने दबाबमा रहेको छ । नेपाल र युएईबीचको खेल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । नेपाल र युएई दुबै टिम एक दिवसीय मान्यता प्राप्त देश हुन् ।
वि.सं.२०७५ भदौ १४ बिहीवार ०८:१६ मा प्रकाशित































