back
CTIZAN AD

साउदी एनआरएनएद्धारा परोपकारी परियोजना सुरुवात

वि.सं.२०७५ भदौ १४ बिहीवार

1.2K 

shares

तेज थापा,साउदी   । साउदी अरब याम्दी पारी १, कास्की पोखरा कि ९० बर्षिय बृद्ध बुद्धिमाया बि. क. र उनकी अपाङ्ग छोरीलाइ सहयोगका लागी एनआरएनए साउदीले परोपकारी परियोजना थालेको छ ।

संघको माथिल्लो निकाय आइसिसिले आव्हान गरेको ‘एक एनसिसि–एक परोपकारी परियोजना’ अन्तर्गत गैरआवासीय नेपाली संघ साउदी अरबले असक्त र असहाय आमाछोरीका लागी शौचालय बनाइदिन लागेको हो ।
उनिहरूको दयनिय अवस्थादेखि परोपकारी परियोजना मध्य साउदीले बि. क. आमा–छोरीलाइ सहयोग गर्ने सोचमा पुगेको एनसिसि साउदीका अध्यक्ष नारायण पासवानले बताए ।


साउदी अरबमा क्रियासील एनआरएनए कर्मीहरू रविना अर्याल, सरद सर्मा, यास्मिन बेगम, उमेश भट्टराइ, डमर यादव, नारायण पासवान, तेज थापा, दिपक शाही, शुक्र लामा, मनोज बराल, अर्जुन थापा, भुपेन्द्र लामा लगायतका सहयोगी दाताहरूबाट संकलित रकम गत हप्ता बिप्रेषण गरि केन्द्रिय सदस्य नारायण भट्टराइलाइ नेपालमा पठाइ सकिएको एनसिसि सहकोषाध्यक्ष योगेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । असहाय बि.क. आमाछोरीको अवस्था बुझ्न एनसिसि साउदी अरबका केन्द्रिय सदस्य नारायण भट्टराइ याम्दी पुगेका छन् । घिस्रेर हिड्ने अपाङ्ग बुद्धिमाया कि छोरी र असक्त आमालाइ शौचालयको आवश्यकता रहेको ठहर गर्दै संघका केन्द्रिय पदाधिकारीहरूको रायमा परियोजना अघि बढाइएको भट्टराइले बताए ।

शौचालयलाइ आवश्यक सामाग्रि जुटाउने काम भइसकेको छ, अव बाकी काम सम्पन्न गर्न छिट्टै ठेकदासँग सम्झौता गरि अघि बढ्दै छौ, उनले भने । परोपकारी परियोजनालाइ सफल बनाउन केन्द्रिय सदस्य नारायण भट्टराई पोखराको याम्दीबाट समन्वय गरिरहेका छन् भने योजना भाद्र महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

वि.सं.२०७५ भदौ १४ बिहीवार ०८:२८ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...