back
CTIZAN AD

बाँस बेचेरै वन उपभोक्ता लखपति

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.2K 

shares

bamboo

कञ्चनपुर  । बाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् ।

सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा रु पाँच लाखभन्दा बढी आम्दानी लिँदै आएका छन् ।

एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो ।

काँडे, मध्यम र मोटो प्रजातिका गरी तीनथरिका बाँस सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा रोपिएका छन् ।

“सामुदायिक वनमा रोपिएका बाँस चारवर्षदेखि बिक्री गरी आम्दानी लिँदै आएका छौँ”, सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले भन्नुभयो ।

सामुदायिक वनबाट उपभोक्ता, सटरिङ गर्ने व्यापारी र जैविक तटबन्ध निर्माणकर्ताले बाँस खरिद गरी लग्ने गरेका छन् । प्रतिबाँस रु २५० देखि रु ५०० सम्ममा बिक्री हुने गरेको छ ।

वार्षिक रुपमा काठ बेचेर रु दुई लाखसम्म आम्दानी हुन्छ, अध्यक्ष चौधरीले भन्नुभयो –“बाँस बेचेर काठभन्दा दोब्बर बढी आम्दानी भइरहेको छ ।” उहाँका अनुसार पहिलो वर्ष बाँस बेचेर रु चार लाख आम्दानी भएको र त्यसपछिका तीन वर्षमा रु पाँच÷पाँच लाखका दरले आम्दानी हुँदै आएको छ ।

बाँस बेचेर आएको पैसाले सामुदायिक वनका उपभोक्ताले सडकमा ग्राभेल हाल्न, सडक मर्मत गर्न, विद्यालयमा पढ्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र निजी स्रोतका शिक्षकको तलब बाँस बेचेर आएको रकमले धान्दै आएका छन् ।

अभिभावकको आर्थिक अवस्था निकै कमजोर रहेकाले बाँस बेचेर आएको केही रकम विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि न्यून ब्याजमा आयआर्जनका कार्यका लागिसमेत रकम उपलब्ध गराउने व्यवस्था सामुदायिक वनले गरेको छ ।

“दुई दर्जनभन्दा बढी विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्था सामुदायिक वनले प्रदान गरेको रकमले उकासिएको छ” – सामुदायिक वनका पूर्व लेखा संयोजक शोभा खुनाले भन्नुभयो ।

विसं २०६० मा स्थापना भएको सामुदायिक वन १९८ दशमलव ९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा ५३० उपभोक्ता आश्रित रहेका छन् । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:४५ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...