back
CTIZAN AD

जिप दुर्घटनामा चालकसहित ११ घाइते

वि.सं.२०७३ कात्तिक १ सोमवार

876 

shares

१ कात्तिक,दमौली  । तनहुँको वसन्तपुर गाविस–३ मोहरियास्थित भित्री कच्ची सडकबाट गएराति एउटा जिप ६० मिटर तल खसी दुर्घटना हुँदा चालकसहित ११ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको बताइन्छ । डुमे्रबाट थानीको थान जाँदै गरेको ना२च ९४८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा तनहुँको वसन्तपुर गाविस–१ बस्ने ३५ वर्षीय तेजबहादुर तामाङ, वसन्तपुर–१ कै २६ वर्षीय कल्पना मजकोटी, सोही ठाउँका २५ वर्षीय नमिना रम्तेल, ५० वर्षीय शान्तिदेवी श्रेष्ठ र ४१ वर्षीय पार्वती लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

गम्भीर घाइतेको पोखराको मणिपाल र पर्लिन अस्पताल तथा अन्यको गोरखा पोलिक्लिनिक तुरतुरेमा उपचार भइरहेको छ ।

जिप चालक घाइते भए पनि उनको नाम खुल्न सकेको छैन । राति भएको उक्त दुर्घटनाका घाइतेलाई पुर्कोट इप्रका भानु डुर्मे र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रनाउ गुरुङको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको थियो । जिप दुर्घटना हुनाका कारण खुल्न सकेको छैन । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:३९ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...