back
CTIZAN AD

झन बढे लागुऔषध प्रयोगकर्ता, किशोरी पनि संलग्न

वि.सं.२०७५ भदौ १६ शनिवार

600 

shares

 

१६ भदौ,काशीराम शर्मा, बाँके । जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिन प्रतिदिन यसको प्रयोगकर्ता बढिरहेको पाइएको हो ।

पछिल्लो तीन वर्षको तथ्याङ्कबमोजिम यस्तो वस्तुको प्रयोगकर्ता तथा कारोवारी घट्नुको साटो बढिरहेको र यसमा किशोरी पनि संलग्न रहेको पाइएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीले पनि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । साथीको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेका प्राय : किशोरीहरू यौनधन्दामा समेत रहेको जानकारहरू बताउँछन् । बाहिरी जिल्लाबाट नेपालगञ्जमा पढ्न वा अरू कुनै काम विशेषले बसेका र स्थानीय किशोरी पनि कुलतमा फसेको पाइएको छ ।

आव २०७४-७५ मा ११ किशोरी लागुऔषधमा पक्राउ परेका किशोरी पुरुष साथीसँग लागेर कुलतमा फसेका प्रहरी निरीक्षक रणबहादुर बिष्ट बताउछन् ।

उनका अनुसार गएको तीन वर्षको तुलनामा अहिले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दोब्बर भएको छ । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२-७३ मा प्रहरीले लागुऔषधसहित १०८ जनालाई पक्राउ गरेकमा ७८ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० ग्राम चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाजा १५ ग्राम बरामद भएकोे थियो ।

आव २०७३÷७४ मा लागुऔषधसहित १८९ जनालाई पक्राउ गरिएकामा १३७ मुद्दा दर्ता गरिएको थियो । सो अवधिमा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिलिटर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो ।

आव २०७४-७५को अहिलेसम्म २४३ जना पक्राउ परेकामा १४७ वटा मुद्दा दर्ता भए भएका छन् । पक्राउ परेकाहरूबाट ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ वटा नाइट्रोजेपाम तथा नाइट्रोभेट र ६९ ट्याब्लेट स्पाम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रयोगकर्ताले ट्याब्लेटमा बढी जोड दिएका छन् । गत आवमा तीन हजार ९३६ ट्याब्लेट बरामत गरिएकाले पनि यस्तो स्थिति देखाएको हो । खान सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा समेत जोड दिएको पाइएको छ ।

त्यस्ता ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको प्रहरीको भनाइ छ । बाटोको पहुँच भएकाले जुम्लाबाट समेत लागुऔषध लिन रुपैडिहा आउने गरेका छन् । शहर बजारमा मात्रै सीमित रहेको लागुऔषधको प्रयोग बिस्तारै पहाडी क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको भनाइ छ ।

लागुऔषधविरुद्ध काम गर्दै आएको सहारा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजारभन्दा बढीले यस्ता औषधको प्रयोगकर्ता भएको बताउँछन् ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा कारवाहीका लागि ‘सिधा कारवाही’ अभियानसँगै स्कूल स्कूलमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ भने आधा दर्जन सङ्घसंस्थाले पनि यसबिरुद्ध जनचेतनामूलक गतिविधि गरिरहेका छन् ।
जिल्ला कारागारमा रहेका बन्दीमध्ये लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढि छन् । निमित्त कारागारप्रमुख श्याम लामिछानेकाअनुसार पछिल्लो तथ्याङ्कमा कारागारमा ६५३ मध्ये लागुऔषधका २३२ जना छन् ।

 

वि.सं.२०७५ भदौ १६ शनिवार ०९:१० मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...