तेज थापा, साउदी अरब । हिमालय एयरलाइन्स साउदी अरबले काठमाण्डौ–दम्माम–काठमाण्डौ सिधा उडान सेवा सुरू गरेको एक पूरा भएको छ ।
काठमाण्डौ–साउदी अरब–काठमाण्डौ लागि एक बर्ष पहिले कुनै पनि एयरलाइन्सहरूले नियमित सिधा उडान भर्ने गर्दैनथे । लाखौ नेपाली कामदारहरू रहेको साउदी अरबमा हिमालय एअरलाइन्सले गत बर्षदेखी साउदी अरब–काठमाण्डौं–साउदी अरब का लागि सिधा उडान भर्न सुरु गरेको हो । सेवा सुरू भएयता सिधा उडान गर्न चाहने यात्रुहरूका लागि निकै सहज भएको छ ।
यस अघि नेपालदेखि साउदी अरब वा साउदी अरबदेखि नेपाल जाने यात्रुहरू अनिवार्य रूपमा तेस्रो मुलकलाइ ट्रान्जिट बनाइ जाने–आउने गर्दथे ।
प्रायजसो हवाइ उडानहरू अबुधावि, बहराइन, मस्कट, दिल्ली वा मुंबई भएर मात्रै गन्तव्य मुलुक पुग्नु पर्दा यात्रुहरूले सास्ति बेहोर्नु पर्दथ्यो । कहिले सामान हराउने, कहिले, समयमा सामन नपुग्ने, अध्यागमन बिभागमा सास्ति बेहोर्नु पथ्र्यो तर अहिले हिमालय एयरलाइन्सले सिधा उडान सेवा सुरू गरे यता निकै सहज भएको छ, । हिमालय एयरलाइन्सबाट पटक–पटक यात्रा अनुभव गरेका एक यात्रुले भने ।
साउदी अरबमा आफ्नो सेवा पुरा गरेको १ बर्षको अवसर पारी एअरलाइन्सले बिशेष अनौपचारिक कार्यक्रमको तयारी गरेको छ । हिमालय एयरलाइन्सका कर्मचारी सुरेश राज त्रिपाठीले दिएको जानकारी अनुसार कार्यक्रम साउदी अरबको पुर्वी प्रान्त दम्माम स्थित अलखयाम होटेलमा गरिदै छ ।

‘कार्यक्रम नितान्त अनौपचारिक रहने छ र यस क्षेत्रमा रहेका नेपालीहरू, तथा सेवाग्रहिहरूको समुपस्थिति हिमालय एअरलाइन्सका साउदी अरबका कर्मचारी, व्यवस्थापक लगायतका व्यक्तित्व सरिह हुनेछन् त्रिपाठिले जनाए ।’
वि.सं.२०७५ भदौ १६ शनिवार ११:३७ मा प्रकाशित






























