आयरल्यान्डमा नेपालको पर्यटन बिकासको लागि ठूलो चहल पहल भइरहेको छ । जसको श्रेय नेपाली युबाहरुलाई जान्छ । कहिले सांस्कृतिक कार्यक्रम, कहिले खेललगायतका विभिन्न कार्यक्रमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न सफल भइरहेका छन् । साथै नेपालको आर्थिक विकास र पर्यटन पर्वद्धनका लागि नेपाली दूताबास, एनआरएनए आयरल्याण्ड, नेपाल आयरल्यान्ड समाजले गर्दै आएका बार्षिक योजनाका ठूला कार्यक्रमहरु समेत गर्दै आएका छन् ।
हालै मात्र आयरल्यान्डमा नेपाली फूटबल, क्रिकेट, भलिबल टोलीले धेरै नै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । अघिल्लो हप्तामात्र आयरल्यान्डमा आयोजित स्पोर्ट एगेन्स्ट रेसिजम आयारल्यान्ड ९ क्ब्च्क्ष्० ले आयोजना गरेको गरेको एशियाली र अफ्रिकी मुलुकहरुबीचको फूटबल प्रतियोगितामा नेपाली टोली सेमी फाइनलसम्म पुग्न सफल भएको थियो ।
आइरिस खेल बजारमा ठूलो चर्चा बनेको थियो र जसका माध्यमबाट आयरल्याण्डमा नेपालीको अस्तित्व पनि झल्किन सफल भयो यो कुरा पर्यटन बिकासको लागि पनि ठूलै कुरा हो । साथै नेपाली खेलाडीले क्रिकेटमा विभिन्न ठाउमा गरेको प्रदर्सनीको कारणले पनि नेपाली टोली सँग आयरल्याण्डका स्थानीय क्लबहरुले खेल खेल्नका लागि निम्तो दिई रहेका छन् ।
यहि आउदो सेप्टेम्बर ४ मा आयरल्याण्डको सबैभन्दा राम्रो मानिने लेन्स्टर क्रिकेट क्लबसँग नेपाली टोलीले एनआरएनए आयरल्याण्डको प्रतिनिधित्व गर्दै स्पोट्र्स फर टुरिजम (क्एइच्त्क् ँइच् त्इग्च्क्ष्क्ः० को नारा बोकेर खेल खेल्दै छ ।
एनआरएनए आयरल्याण्डका अध्यक्ष नबराज कोइरालाले खेलमा उत्कृष्ट प्रदर्सनी गर्ने सम्पूर्ण खेलाडिहरुलाइ उच्च कदरका साथ बधाई दिदै आफ्नो व्यक्तिगत तथन संस्थागतर्फबाट भबिस्यमा गर्नुपर्ने सहयोगहरु सदैब गर्ने बचन दिएका छन् ।

उनले स्पोट्र्स फोर टुरिजम नारा लिएर खेल खेल्ने सम्पूर्ण खेलाडि तथा यस्तो कार्यक्रमहरु संयोजन गर्ने एनआरएनए आयरल्याण्डका सचिब बिबेक राज सापकोटा एनआरएनए आयरल्याण्ड युवा संयोजक प्रविन कोइराला, आनिश भण्डारी, फूटबलका कप्तान दीपक कार्की, क्रिकेटका कप्तान प्रविन केसी, कार्यक्रममा सहयोग गर्ने बादल थापा, सितल के सि, अविशेक गुप्ता अति प्रसंसनिय पात्र रहेको बताएका छन् ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका लागि आयरल्याण्डका पर्यटनदूत गणेश प्रसाईले आयरल्याण्डमा भएका गतिबिधिहरुमा अन्तरास्ट्रिय रुपमा ध्यानाकर्षण भएको र अन्य देशमा रहेका नेपालीहरु तथा संघसंस्थाहरुले पनि यस्तै उदाहरणीय काममा लाग्नुपर्ने बताए ।
त्यस्तैे गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धन समितका सदस्य शुक्रराज न्यौपानेले आयरल्याण्डमा युवाहरूले विभिन्न खेलको माध्यामबाट आयरल्यान्डमा नेपाल र नेपालीलाई चिनाउने काम गरेको मात्र नभएर नेपालको पर्यटन प्रवर्धनमा पनि ठूलो योगदान पु¥याएको बताए ।

न्यौपानेले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धन समिती तथा आफ्नो व्यक्तिगत तर्फ
बाट यस्तो श्रहानीय कार्यको लागी धन्यवाद दिदै भबिस्यमा पनी सधै साथ र समर्थन रहने प्रतिबद्धत जनाए ।
नेपाल पर्यटन बोर्डका लागि आयरल्याण्डका अर्का पर्यटनदूत दिपेश मान शाक्यका अनुसार २०२० मा नेपाल पर्यटन बोर्डले कम्तिमा २ करोड पर्यटक भित्राउने लक्ष्य राखेको छ त्यसका लागि बिश्व भरबाट बिभिन्न तबरले प्रचार–प्रसारमा लाग्नुपर्ने बताए ।
शाक्यले नेपालमा पर्यटक भित्र्याउन सहयोग गर्नु बिदेशमा रहने सम्पूर्ण नेपालीको कर्तब्यको रहेको बताउँदै समाजमा रहेर एक आपशमा सामजिक सम्बन्ध राखी सहकार्य गर्दै अगाडी बढ्न अनिबार्य रहेको बताए । खेलकुदको माध्यमबाटै देश चिनाउनु र पर्यटनको बिकासमा सहयो पु¥याउन सकिन्छ,’ शाक्यले भने, ‘खेलको कारणले एक आपसमा आत्मियता बढ्नुका साथै विदेशी नागरिकले पनि हाम्रो समाज,सस्कृति, भुगोलको बारे जान्ने अबसर पाउछन् ।’
उनले विदेशमा रहेका नेपालीले एकजना विदेशीलाई मात्र नेपाल पठाउन सकेम नेपालको पर्यटन प्रवद्र्धनमा फड्को मार्न सकिने बताउँदै बिश्वभरी नै खेलकुदबाट नेपालमा अन्तराष्ट्रिय पर्यटन बिकास गर्न सकिन्छ भन्ने सोच लिएर विभिन्न क्रियाकलाप बढाउनु पर्ने बताए ।
वि.सं.२०७५ भदौ १६ शनिवार १२:१९ मा प्रकाशित































