back
CTIZAN AD

नेपाल र मलेशियाबीचको खेल शुरु

वि.सं.२०७५ भदौ १६ शनिवार

711 

shares

१६ भदौ, काठमाडौँ । एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको छ ।

खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल भर्खरै शुरु भएको त्यहाँ रहनुभएका नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । वर्षाका कारण खेल शुरु हुन ढिला भएपछि खेल ३० ओभरमा झारिएको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ ।

एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । पराजय व्यहोरेको खण्डमा नेपालको एशिया कप सपना सकिनेछ । नेपाल अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ । मलेशियाविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले पराजय बेहोर्नुपरेको छैन ।

वि.सं.२०७५ भदौ १६ शनिवार १२:५२ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...