back
CTIZAN AD

औषधि पसलको अनुगमन थालिने,आयुर्वेदिक औषधि पसलको अनुगमन भएन

वि.सं.२०७३ कात्तिक १ सोमवार

912 

shares

gagan thapa

 १ कात्तिक, काठमाडौँ । औषधि व्यवस्था विभागले काठमाडौँ, पोखरा, नेपालगन्ज र विराटनगरजस्ता ठूला सहरका सबै फार्मेसी (औषधि पसल)को अनुगमन थाल्ने भएको छ ।

सुरुमा पहिलो चरणमा ती चार सहरमा रहेका औषधि पसलको अनुगमन गरी यस्ता पसल दर्ता, नबकिरण औषधिका मूल्यलगायत औषधि ऐनले निर्दिष्ट गरेका विषयको अनुगमन गर्न विभागले गृहकार्य थालेको हो ।

देशभर कति औषधि पसल सञ्चालनमा छन्, तीमध्ये कति दर्ता भई र कति दर्ता नगरी सञ्चालित छन् भन्ने यकिन विवरण विभागसँग छ्रैन । विभागमा मुलुकभरका करिब २० हजार औषधि पसलमात्र दर्ता रहेका छन् । यो सङ्ख्याभन्दा वढी बिना दर्ता त्यस्ता पसल सञ्चालित छन् । यस्ता औषधि पसललाई दर्ता प्रक्रियामा ल्याउने काम विभागलाई जहिले पनि टाउको दुखाइको विषय बन्ने गरेको छ ।

विभागका गतिविधिका बारेमा पहिलोपटक जानकारी लिन बिजुलीबजारस्थित विभागमा आकस्मिक रुपमा पुग्नुभएका स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सो विभागका महानिर्देशक नारायण ढकालले प्राथमिकताका साथ औषधि पसलको अनुगमन थालिने जानकारी दिनुभयो ।

ढकालले विभागको महानिर्देशक पद सम्हालेको एक महिना पूरा भएको छ । यस अवधिमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र महानिर्देशक ढकालका बीच मन्त्रालयअन्तर्गतका निकायमै पहिलोपटक कार्य सम्झौता सम्पन्न भएको छ ।

मन्त्री थापाले मन्त्री पद सम्हाल्ने बित्तिकै मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिने क्रममा औषधि पसलको अनुगमन गरी उपभोक्ता नठगियूँन भनेर निर्देशन दिनुभएको थियो । यस क्रममा विभागले २४७ पसलको अनुगमन गरी २१ वटाको दर्ता खारेजसमेत गरिसकेको छ ।

महानिर्देशक ढकालले जनशक्तिको अभावमा औषधि पसलको अनुगमनलाई तीव्रता दिन नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अनुगमन गर्न कार्य क्षेत्रमा खटाउने निरीक्षकको सङ्ख्या मन्त्रीज्यूलाई सुनाउन लाजमर्दाे छ । अनुगमन अनुगमन भनेर मात्र कहाँ हुन्छ ःर !”

महानिर्देशकको कुरा सुनेर गम्भीर बन्नुभएका मन्त्री थापाले तत्काल भन्नुभयो – “महानिर्देशक सर, यो मेरो प्रतिष्ठासँग गाँसिएको छ । सुरुमा चारवटा सहरमा अभियानका रुपमा अनुगमन सुरु गर्नुहोस् । विस्तारै करारमा जनशक्ति लिनुहोला ।”

विभागका कर्मचारीले मन्त्रालयले मनाङ जिल्लालाई विनियोजन गर्नेभन्दा कम पनि बजेट विभागलाई विनियोजन गरेको, विभागको हातमा रहेको प्रयोगशालालाई क्षेत्रीय रुपमा बजेटकै अभावमा विस्तार गर्न नसकिएको जस्ता गुनासा राखेका थिए ।

महानिर्देशक ढकालले बदलिँदो अवस्थामा सातवटै प्रदेशमा विभागको कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको, विभागअन्तर्गत ३२८ जनाको नयाँ सङ्गठन ढाँचा तयार गरिएको, औषधि ऐन संशोधनको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो ।

परामर्श समितिको बैठक बस्दै

मन्त्री थापाले औषधि व्यवस्था विभागलाई अझ व्यवस्थित बनाउन उच्च निकाय परामर्श समितिको बैठक बोलाउन महानिर्देशक ढकाललाई निर्देशन दिनुभएको छ । सो समितिको सदस्य सचिव महानिर्देशक हुने प्रावधान रहेको छ । सो समितिको अघिल्लो बैठक १४ वर्षपछि विसं २०७२ को भदौ महिनामा बसेको थियो ।

सोही समितिले औषधिको मूल्य निर्धारणसमेत गर्ने गर्दछ । हाल विभागले ९९ प्रकारका औषधिका मात्र मूल्य निर्धारण गर्ने गरेको छ । भारतमा ३५० प्रकारका औषधिको सरकारी मूल्य निर्धारण भइसकेको बताइन्छ ।

आयुर्वेदिक औषधि पसलको अनुगमन भएन

आयुर्वेदिक औषधि पसलको अहिलेसम्म विभागले अनुगमन गर्न सकेको छैन । विभागमा कार्यरत कर्मचारीका अनुसार औषधि ऐनमा आयुर्वेदिक पसलको अनुगमन गर्ने अधिकार विभागलाई दिइएको छैन । अर्काेतर्फ मुलुकभर कति आयुर्वेदिक औषधि पसल छन् भन्ने जानकारीसमेत विभागसँग छैन ।

सो अवसरमा मन्त्री थापाले आयुर्वेदिक औषधि पसललाई समेत मापदण्डमा ल्याउने गरी औषधि ऐन संशोधन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “जुन निकायबाट आयुर्वेदिक औषधि कम्पनीलाई उत्पादनको अनुमति दिइन्छ त्यही निकायबाट अनुगमन हुने पनि प्रावधान राखिनुपर्छ ।” रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:५० मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...