back
CTIZAN AD

लेगानेसमाथि रियलको शानदार जित, बेन्जेमाको ब्रेस

वि.सं.२०७५ भदौ १७ आइतवार

717 

shares

१७ भदौ, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिले लगातार तेस्रो जित दर्ता गरेको छ । रियलले ला लिगामा लगातार तेस्रो जित निकाल्ने क्रममा लेगानेसलाई १ का विरुद्ध ४ गोल अन्तरले हराएको हो ।

रियलको जितमा करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । लेगानेसका गुइडो कारिल्लोले एक गोल गरे ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले १७औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिन सफल भएको थियो ।
तर, रियलको त्यो अग्रता लामो समय टिकेन । २४औं मिनेटमा लेगानेसले पेनाल्टीबाट बराबरी गोल फर्कायो ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा खेलमा पूनरागमन गरेको रियलले थप ३ गोल गर्न सफल भयो । ४८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।
६१औं मिनेटमा बेन्जेमाले टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि रियल खेलमा ३–१ ले अघि बढेको थियो । ६६औं मिनेटमा कप्तान सर्जियो रोमोसले पेनाल्टीमार्फत गोल गरेपछि रियलले ४–१ को आरामदायी अग्रता बनायो । जितसँगै रियल ९ अंक सहित लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको सेल्टा भिगोको ७ अंक रहेको छ भने एक खेल कम खेलेको वार्सिलोनाको ६ अंक रहेको छ ।

वि.सं.२०७५ भदौ १७ आइतवार ०९:३७ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...