back
CTIZAN AD

हिमालय एयरको बार्षिकोत्सब सम्पन्न

वि.सं.२०७५ भदौ १७ आइतवार

789 

shares

साउदी अरब । गत बर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट साउदी अरबको दम्मामसम्म सिधा उडान सुरू गरेको हिमालय एअरलाइन्सले अनौपचारीक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ ।

अरबको पुर्वी प्रान्त दम्मामस्थित अल खयाम सभाहलमा सम्पन्न कार्यक्रमा एअरलाइन्सका साउदी टिम, नेपाली राजदूतावास रियादका स्थानिय कर्मचारी, साउदीमा क्रियाशिल बिभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायी लगायत नेपाली जनसमुदायहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरूवात सँगै हिमालय एअरलाइन्सका बितरक तथा बजार व्यावस्थापक शुवास तिमिल्सिनाले सेवा सुरू गरेएताको बार्षिक गतिबिधि बारे अवगत गराएका थिए ।


एक बर्षे अवधिमा एअरलाइन्सले जम्मा १७२ पटक उडान भरेको जनाउदै जम्मा २५ हजार ८ सय जना यात्रुहरूले साउदीबाट काठमाण्डौ र ३७ सय जनाले काठमाण्डौबाट साउदी यात्रा गरेको अभिलेख सुनाए । सो अवधिमा एकसय जना भन्दा बढि बिरामि नेपालीहरूलाइ नेपाल पठाउन सहयोग गरिएको बताए ।

कार्यक्रमका दौरान बिभिन्न वक्ता तथा सहभागिहरूले आ-आफ्नो सुझाव सहित एअरलाइन्सले एक बर्षे सेवा पुरा गरेकोमा शुभकामना दिएका थिए । नेपाली राजदूतावास साउदी अरबका स्थानिय कर्मचारी हरी घिमिरेले ‘हिमालयन एयरलाइन्स हामी सबैको एयरलाइन्स हो’ आफ्नो देशको ध्वजा वाहक हवाइ सेवा साउदीमा उडान भर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो भन्दै हिमालयन एयरलाइन्सबाट आफूले ७ पटक यात्रा गरेको बताए । शुल्क न्युनिकरणमा आएका गुनासाहरूलाइ व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने सुझाउदै घिमिरेले ७ पटकको उडान अवधिमा आफ्नो अनुभव पनि सुनाए ।

‘भाषाको ज्ञान नभएका नेपालीहरूलाई एअरलाइन्सले सेवा सन्चालन गरेयता निकै सहज भएको छ’ घिमीरेले भने, ‘रोजगारीका सिलसिलमा साउदी अरबआइ विरामी भएका नेपालीहरूलाइ नेपाल पठाउन धेरै सजिलो भएको छ ।’

हिमालय एअरलाइन्सबाट यात्रा अनुभव बटुलेका एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानले आफ्नो शुभकामना मन्तव्य राख्दै सुरुवाती दिनमा एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने गरेको तर हाल ३ पटक मात्रै उडान भर्ने गरि भएको परिवर्तनले यात्रुहरूमा गुनासो रहेको सुनाए ।

उडानमा भएको परिवर्तनले बिशेषतः नेपालबाट छुट्टि काटि साउदी फर्कने यात्रुहरूलाइ असर पर्ने गरेकोले उडान बदलवा बारे जानकारी कम्तिमा पनि एक हप्ता पहिले दिने व्यवस्था मिलाउन र सकभर हप्तामा सातै दिनका उडान सुचारू गराउन व्यवस्थापन पक्षलाइ सुझाव दिएका थिए । त्यसैगरि साउदी अरबबाट यात्रा गर्दा ३७ कि। ग्रा। समान ९व्याकेज० लाइ थप सहुलियत दिदै गुणस्तरीय सेवा दिन सके यात्रुहरूको आकर्षक बढ्ने पनि पासवानले बताए ।


साउदीमा सिधा उडान त्यहाँ रहने नेपालीहरूको गर्वको कुरा भएको बताउदै एनआरएनए आइसिसि मध्यपूर्व महिला उप–संयोजक याम्सिन सैयद बेगमले लामो पर्खाइ एव्म सपनापछि साउदीबाट नेपाल सिधा उड्न पाएको भन्दै एअरलाइन्स प्रति कृतज्ञता प्रकट गरिन् ।

बेगमले बामे सर्ने एकबर्षे बच्चालाई हामि सबै मिलि आफ्नै एअरलाइन्स रूपमा हेरी माया र संरक्षण गर्नुपर्छ भन्दै एअरलाइन्सको थप प्रचारप्रसामा सबैलाइ सघाउन अनुरोध समेत गरिन् । साउदी अरबको दम्मामबाट उडान हुने सेवालाइ बिस्तार गरि साउदी अरबका अन्य शहरहरू रियाद, जेद्धा लगायतका ठाँउबाट पनि उडान भर्न सके ति शहरहरूमा रहने नेपालीहरूलाइ सहज हुने सुझाउदै व्यवस्थापन पक्षसँग समन्वय गरि नयाँ साल २०१९ बाट उडान सबिस्तार पनि सुझाएकी थिइन् ।

बक्तव्यको क्रममा एनआरएन आइसिसि सदस्य जोन अर्याल, काभ्रे सेवासमाजका अध्यक्ष जेन कुमार लामा, नेपाली जनसम्पर्क समितिका वरिष्ठ सभापति अर्जुन थापा, द्वितीय उपाध्यक्ष प्रमोद लामिछाने, एन मिडियाका प्रबन्ध निर्देश रोशन श्रेष्ठ, तमुधि साउदी अरबकी महिला उपाध्यक्ष तुलसि गुरूङ, अन्तर संस्था समन्वय समितिका संयोजक मोहन बि एस के, एनआरएन आरसिसि पुर्वि क्षेत्रका प्रबक्ता नरेन्द्र कार्की लगायतका वक्ताहरूले आ९आफ्नो यात्रा अनुभव र सुझाव सहित एअरलाइन्सले एक बर्षे सेवा पुरा गरेकोमा शुभ कामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा हिमालय एअरलाइन्स साउदी अरबका प्रबन्ध निर्देशक सरद शर्माले उडान सेवाको प्रथम दिन स्मरण गर्दै आफूलाइ विश्वास गरि जिम्मेवारी दिने हिमालय एअरलाइन्सका व्यवस्थापकहरू, लगानी कर्ताहरू, साउदी अरबको आफ्नो टिम र कर्मचारीहरू, नेपाली राजदुतावास रियाद साउदी अरब, स्थानि कर्मचारी, बिभन्न संघ–संस्थाका प्रतिनिधिहरू, व्यवसायीहरू, मिडिया कर्मीहरू लागायत हिमालय एअरलाइन्सबाट यात्रा गर्ने सबै यात्रिहरूमा कृतज्ञता प्रकट गरेका थिए ।


उनले एअरलाइन्सका बारेमा थप जनकारी दिदै उडानको अन्तराष्ट्रिय मान्यता र नियमका कारण कतिपय सेवाहरूलाइ आफुले चाहेर पनि पूर्णता दिन नसकिएको बताउदै भएका कमि कमजोरिहरूलाइ सक्दो सुधार गरि आगामी दिनहरूमा सेवालाइ थप प्रभावारी र गुणस्तरीय बनाउन लागि पर्ने बताए । हाल एअरलाइन्समा आवद्ध रहि ३०० जना नेपालीहरूले प्रत्यक्ष रोजगार पाएको बताउदै बिशेषतः साउदी अरबमा रहने नेपालीहरूलाइ थप सहयोग र सद्भाव राख्न आव्हान पनि गरे ।
सो अवसरमा हिमालय एअरलाइन्सबाट सबैभन्दा धेरै १० पटक बिजनेस क्लासमा यात्रा गर्ने व्यवसायी राजु सैयद तथा ईकोनोमि क्लासमा १२ पटक यात्रा गर्ने अर्का व्यवसायी राजेश सेन्दाङलाइ खादा ओढाइ बिशेष सम्मान गरिएको थियो ।
कार्यक्रमलाइ हिमालय एअरलाइन्सका साउदी अरब प्रतिनिधि, एडमिन तथा अर्थ व्यवस्थापक सुरेश राज त्रिपाठीले संचालन गरेका थिए ।

 

वि.सं.२०७५ भदौ १७ आइतवार ०९:४९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...