back
CTIZAN AD

सत्र वर्षपछि अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल

वि.सं.२०७३ कात्तिक २ मंगलवार

984 

shares

 २ कात्तिक,रत्ननगर (चितवन) । चितवनमा १७ वर्षपछि १२औँ विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

सो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको शिक्षामन्त्री धनिराम पौडेलले सोमबार उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उहाँले नेपालमा खेलकुदको विकासका लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको बताउनुभयो ।

विसं २०५६÷५७ मा द्वन्द्वलगायत विविध कारणले स्थगित भएको खेल सोमबार १२औँ शृङ्खलाको रुपमा सोमबारदेखि सुुरु भएको हो । उद्घाटनपछि मन्तव्यका क्रममा मन्त्री पौडेलले खेलकुदले देशको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विकास सिल्ड समितिले नेपालको विभागीय तथा भारतका चारसहित १५ टिमसहितको सहभागितामा फुटबल आयोजना गरेको हो । सोमबार भएको उद्घाटन खेलमा टाई ब्रेकरमा चितवन ११ ले हिमालयन युवा क्लब कैलालीलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाई ब्रेकरमा गएको थियो ।

कात्तिक १३ गतेसम्म यहाँको क्याम्पा चौरमा हुने प्रतियोगितामा विजेताले रु तीन लाख नगद तथा उपविजेताले रु एक लाख पुरस्कार तथा ट्रफी र मेडल पाउने आयोजक समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो ।

रु ७० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको खेलका लागि मैदान आकर्षक बनाइएको छ भने अस्थायी प्यारापिट समेत निर्माण भएको छ ।

फुटबल प्रतियोगितामा नेपालमा चर्चित मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी र नेपाल आर्मी, झापा–११, हिमालयन युथ क्लब कैलाली, मोरङ फुटबल क्लब, चितवन ११, सहारा, हिमालयन शेर्पाले सहभागिता जनाउँदै छन् ।

यस्तै, भारतको सिक्किम र एफसी कोलकाता तथा युनाइटेड खर्साङ र युनाइटेड क्लब सिवान भारतले समेत खेलमा सहभागिता जनाउने प्रचार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिनुभयो ।

खेलमा फेयर प्ले अर्वाड रु २५ हजारको छ । यस्तै हरेक म्याचमा उत्कृष्ट हुनेलाई रु १० हजार, म्यान अफ द टुर्नामेन्टलाई रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु २५ हजार पुरस्कार समेत व्यवस्था गरिएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०५:३२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...