back
CTIZAN AD

मर्मत नसकिँदै भत्कियो राजमार्ग

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1.1K 

shares

२ कात्तिक,फलेवास (पर्वत) । धौलागिरि अञ्चललाई जोड्ने पोखरा–बागलुङ राजमार्ग भत्केर कामै नलाग्ने भएको छ ।

चीनको सहयोगमा २०४८ सालमा निर्माण भएको उक्त राजमार्गअन्तर्गत कास्कीको काँडेदेखि पर्वतको मालढुङ्गासम्मको खण्डको अधिकांश ठाउँमा मर्मतसम्भार गरिए पनि एक वर्ष नपुग्दै भत्किएको छ । करिब ७२ किलोमिटर लामो सो सडक पार गर्न चार घन्टा बढी समय लाग्ने गरेको छ ।

सडकको भौगर्भिक अवस्था नाजुक भएका कारण भत्कने समस्या रहेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले बताउनुभयो । “भूगोल नै कमजोर छ, सडक मर्मत गरेरमात्रै हुने अवस्था छैन, पूरै राजमार्ग पुनःस्थापना गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्का पानी परे नपरे पनि सडक सँधै भत्किने गरेको बताउनुहुन्छ । पर्वत सदरमुकाम कुश्मा र म्याग्दी सदरमुकाम बेनी तथा मुस्ताङ जोड्ने राजमार्ग भएका कारण पछिल्ला दिनमा सो सडकखण्डमा सवारी साधनको चाप अत्यधिक बढेको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०८:५० मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...