back
CTIZAN AD

२० वर्षपछि पक्राउ परे अभियुक्त नारायण थापा

वि.सं.२०७३ कात्तिक ३ बुधवार

987 

shares

३ कात्तिक, काठमाडौँ । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ मनमैजु घर भई हाल नुवाकोट भद्रुटार गाविस बस्दै आएका नारायणबहादुर थापा रहेका छन ।

लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०५६ चैत ३ गते थापालाई ७ वर्ष ६ महिना कैद र रु दुई लाख ५० हजार जरिवाना ठहर भएकोमा उक्त फैसलालाई उल्टाएर पुनरावेदन अदालत पाटनले २०५९ भदौ ११ गते उनलाई १५ वर्ष कैद र रु पाँच लाख जरिवाना गरेको थियो ।

सर्वोच्च अदालतको २०६१ चैत ५ गतेको फैसलाले पुनरावेदन अदालतको सो फैसलालाई नै सदर गरेको थियो । उल्लेखित सजाय बेरुजु भई फरार रहेका थापालाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिविआई) को टोलीले कात्तिक १ गते नुवाकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज उहाँलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरेका छन् । अदालतले कैद भुक्तानका लागि थापालाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

सरोजरत्न शाक्य लगायत भारतको रक्सौलबाट रु ८५ हजार मूल्यमा खरिद गरी नाफामा बिक्री गर्नका लागि काठमाडौँ ल्याएको चार सय ५० ग्राम खैरो हिरोइन बरामद हुँदा सोको खरिद बिक्री थापाले गर्ने गरेको खुलेको थियो । सो पश्चात् थापा काठमाडौँ र नुवाकोटमा २० वर्षदेखि लुक्दै आएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:०८ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...