Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

२० वर्षपछि पक्राउ परे अभियुक्त नारायण थापा



३ कात्तिक, काठमाडौँ । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ मनमैजु घर भई हाल नुवाकोट भद्रुटार गाविस बस्दै आएका नारायणबहादुर थापा रहेका छन ।

लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०५६ चैत ३ गते थापालाई ७ वर्ष ६ महिना कैद र रु दुई लाख ५० हजार जरिवाना ठहर भएकोमा उक्त फैसलालाई उल्टाएर पुनरावेदन अदालत पाटनले २०५९ भदौ ११ गते उनलाई १५ वर्ष कैद र रु पाँच लाख जरिवाना गरेको थियो ।

सर्वोच्च अदालतको २०६१ चैत ५ गतेको फैसलाले पुनरावेदन अदालतको सो फैसलालाई नै सदर गरेको थियो । उल्लेखित सजाय बेरुजु भई फरार रहेका थापालाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिविआई) को टोलीले कात्तिक १ गते नुवाकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज उहाँलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरेका छन् । अदालतले कैद भुक्तानका लागि थापालाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

सरोजरत्न शाक्य लगायत भारतको रक्सौलबाट रु ८५ हजार मूल्यमा खरिद गरी नाफामा बिक्री गर्नका लागि काठमाडौँ ल्याएको चार सय ५० ग्राम खैरो हिरोइन बरामद हुँदा सोको खरिद बिक्री थापाले गर्ने गरेको खुलेको थियो । सो पश्चात् थापा काठमाडौँ र नुवाकोटमा २० वर्षदेखि लुक्दै आएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ