back
CTIZAN AD

‘स्क्रब टाइफस‘ले धनगढीमा दुईको ज्यान लियो

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1K 

shares

३ कात्तिक, धनगढी । ‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ गते र रानाभाटको भदौ २५ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो ।

गएको साउन महिनायता मात्रै सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका झण्डै दुई सयभन्दा बढी बिरामीको रगत परीक्षण गर्दा ९० जनामा ‘स्क्रब टाइफस’ देखापरेको अस्पतालले जनाएको छ ।

उपचारका लागि कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाम जिल्लाबाट अस्पताल आएका बिरामीमा यो रोग देखा परेको हो ।

मुसामा लाग्ने एक प्रकारको किर्ना नामक किराको टोकाइबाट सङ्क्रमण हुने यो रोग लागेमा धेरै ज्वरो आउने, टाउको दुख्ने, किर्नाले टोकेको शरीरको भागमा रातो डाबर जस्तो दाग देखिनेलगायत लक्षण देखिने गरेको अस्पतालले जनाएको छ ।

गत वर्ष यो रोगबाट ५६ जना सङ्क्रमित भएको पाइएकोमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:१० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...