Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

‘स्क्रब टाइफस‘ले धनगढीमा दुईको ज्यान लियो



३ कात्तिक, धनगढी । ‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ गते र रानाभाटको भदौ २५ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो ।

गएको साउन महिनायता मात्रै सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका झण्डै दुई सयभन्दा बढी बिरामीको रगत परीक्षण गर्दा ९० जनामा ‘स्क्रब टाइफस’ देखापरेको अस्पतालले जनाएको छ ।

उपचारका लागि कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाम जिल्लाबाट अस्पताल आएका बिरामीमा यो रोग देखा परेको हो ।

मुसामा लाग्ने एक प्रकारको किर्ना नामक किराको टोकाइबाट सङ्क्रमण हुने यो रोग लागेमा धेरै ज्वरो आउने, टाउको दुख्ने, किर्नाले टोकेको शरीरको भागमा रातो डाबर जस्तो दाग देखिनेलगायत लक्षण देखिने गरेको अस्पतालले जनाएको छ ।

गत वर्ष यो रोगबाट ५६ जना सङ्क्रमित भएको पाइएकोमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा