Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय हितको पक्षमा संविधान संशोधन गर्न एमाले तयार



३ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय हितको पक्षमा संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रावलले थप्नुभयो–“संविधान गतिशील दस्तावेज भएकाले संविधानमा संशोधन हुनु हुँदैन भन्ने मान्यता एमालेको छैन् । तर संविधान संशोधन गर्नुपर्छ भनेर आवाज उठाइरहेको सत्ताधारी दल र मधेसवादी दलले संविधान संशोधनको प्रस्ताव अझै अगाडि बढाएको छैन र एमालेसँग औपचारिक कुरा पनि गरेको छैन ।”

नेता रावलले सरकारले एक वर्षभित्र प्रदेश, स्थानीय निकायको निर्वाचन कार्यतालिका ल्याएमा त्यसमा एमालेले सहयोग गर्ने चर्चा गर्दै तर उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अघिल्लो सरकारले तीनवटै निकायको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको तर वर्तमान सरकारले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नसकेकाले सत्तारुढ दल संविधान कार्यान्वयनप्रति गम्भीर नरहेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ