back
CTIZAN AD

‘राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरुबीच समान मत आवश्यक’

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.1K 

shares

३ कात्तिक, काठमाडौँ । राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबै दलबीच समान मत हुनुपर्नेमा मंगलबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले मंगलबार यहाँ आयोजना गरेको ‘नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक गोष्ठीका वक्ताले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताए ।

सुरक्षा नीति र परराष्ट्र नीतिको विषयमा कुनै पार्टी, वाद, सिद्धान्त र विचारभन्दा माथि उठेर सबैको साझा नीतिका रुपमा समृद्ध गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले यसअघिको केपी ओली नेतृत्वको सरकारको पालामा मन्त्रिपरिषद्बाट राष्ट्रिय सुरक्षा नीति पारित गरी राजपत्रमा समेत प्रकाशित भइसकेको जानकारी दिँदै त्यसमा सबै दलको समर्थन रहेको टिप्पणी गर्नुभयो ।

उहाँले नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशील सिद्धान्तका आधारमा विदेश नीति तय गर्नुपर्ने जोड दिँदै त्यसबाट दायाँबायाँ जान नहुने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले राष्ट्र स्वाधीन नबनेसम्म जनता सार्वभौम हुन नसक्ने बताउँदै विगतमा भारतसँग भएका असमान सन्धि, सम्झौताको खारेजी प्रक्रिया अघि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।

उहाँले विदेश नीत र सुरक्षा नीतिका विषयमा पार्टीभन्दा माथि उठेर सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

मधेसी जनअधिकार फेरम नेपाल (लोकतान्त्रिक)का सांसद जितेन्द्र देवले नेपालको सुरक्षाको सन्दर्भमा राष्ट्रिय एकता, न्यूनतम सैनिक शक्ति र आर्थिक विकासका तीन विषयलाई एकसाथ लैजानुपर्ने सुझाव दिनुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले आर्थिक, सामाजिक विकासबाट राष्ट्रिय सुरक्षाको समृद्धि र असल परराष्ट्र नीतिबाट अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनुपर्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले दलबीच सुरक्षा र परराष्ट्र सम्बन्धका विषयमा साझा धारणा बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा परिषदको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका संयोजक विश्लेषक विधान आचार्यले ‘नेपालको राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...