back
CTIZAN AD

महिला क्रिकेट टोली स्वदेश फिर्ता

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1K 

shares

३ कात्तिक, काठमाडौँ । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान बनाएको हो ।

विभिन्न चार टोली सहभागी उक्त प्रतियोगितामा थाइल्यान्डले शीर्ष स्थान हात पार्दै विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारी एवम् नेपाल क्रिकेट सङ्घका (क्यान) का सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

नेपाल सेमिफाइनलमा

थाइल्यान्डको बैंककमा भइरहेको ३१औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपको डिभिजन एकमा नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले मकाउलाई २–० ले पराजित गरी सेमिफाइनल पुगेको नेपाल सेपाकताक्रो सङ्घले जनाएको छ । नेपाल टिम रेगु स्पर्धामा सेमिफाइनलमा पुगेको हो । सोमबार भएको खेलमा नेपालले जर्मनीलाई २–० ले नै हराएको थियो । प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:१७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...