back

युनेस्कोद्वारा विवादास्पद जेरुसेलम सङ्कल्प प्रस्ताव अनुमोदन

वि.सं.२०७३ कात्तिक ३ बुधवार

495 

shares
GLOBAL IME AD
NTC AD

३ कात्तिक, पेरिस, फ्रान्स । संयुक्त राष्ट्रसङ्घको सैक्षिक वैज्ञानिक र सांस्कृतिक मामिला हेर्ने सङ्गठन (युनेस्को) को कार्यकारी समितिले मङ्गलबार पारित गरेको प्रस्तावले जेरुसेलमस्थित धार्मिक स्थलहरूसँगको यहुदी धर्मावलम्बीहरूको गहिरो ऐतिहासिक सम्बन्धलाई अस्वीकार गरेको इजरायलले जनाएको छ ।

युनेस्कोद्वारा अनुमोदित उक्त प्रस्ताव इजरायली सरकार यहाँका यहुदी धर्मावलम्बीसहित विश्वकै यहुदी समुदायको मन तोड्ने किसिमको रहेको इजरायलको दाबी छ ।

युनेस्कोको मङ्गलबार बिहानको बैठकले गत हप्ता राष्ट्रसङ्घीय आयोगद्वारा पास गरेको सङ्कल्प प्रस्तावलाई पारित गरेपछि इजरायलले राष्ट्रसङ्घको उक्त प्रस्तावबाट चिढिएको छ ।

प्रस्तावले जेरुसेलम आफैँमा प्रत्यक्ष प्रभाव पार्ने त अपेक्षा गरिएको छैन तर यसले युनेस्कोलाई भने विवादमा तानेको छ । बजेट विनियोजनको विषयलाई लिएर जापान र चीनबीच कूटनीतिक विवादमा फसेको युनेस्कोका लागि यो विषय अर्को समस्याका रूपमा खडा भएको छ ।

‘अकुपाइड प्यालेस्टाइन’ नाम दिइएको सङ्कल्प प्रस्तावका कारण विगत केही दशकदेखि इजरायलले युनेस्को आफूप्रति पूर्वाग्रही बनेको बताउँदै आएको छ ।
युनेस्कोले प्यालेस्टाइनलाई सन् २०११ मा सदस्यता प्रदान गरेपछि इजरायलको युनेस्कोसँगको सम्बन्धमा थप समस्या उत्पन्न भएको छ ।

सङ्कल्प प्रस्तावकै विषयलाई लिएर भएको विवादपछि इजरायलद्वारा युनेस्कोसँगको सम्बन्ध निलम्बन गरिएको जनाएको थियो । एपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:२६ मा प्रकाशित

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...