Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

महिला क्रिकेट टोली स्वदेश फिर्ता



३ कात्तिक, काठमाडौँ । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान बनाएको हो ।

विभिन्न चार टोली सहभागी उक्त प्रतियोगितामा थाइल्यान्डले शीर्ष स्थान हात पार्दै विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारी एवम् नेपाल क्रिकेट सङ्घका (क्यान) का सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

नेपाल सेमिफाइनलमा

थाइल्यान्डको बैंककमा भइरहेको ३१औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपको डिभिजन एकमा नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले मकाउलाई २–० ले पराजित गरी सेमिफाइनल पुगेको नेपाल सेपाकताक्रो सङ्घले जनाएको छ । नेपाल टिम रेगु स्पर्धामा सेमिफाइनलमा पुगेको हो । सोमबार भएको खेलमा नेपालले जर्मनीलाई २–० ले नै हराएको थियो । प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ