Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

ढिस्कोले पुरिएर बालिकाको मृत्यु



३ कात्तिक, गौर (रौतहट) । रौतहटको शीतलपुर बैरगनिया गाविसमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मंगलबार मृत्यु भएको छ ।

घर लिपपोत गर्न पहेँलो माटो लिन लालबकैया नदीको किनारमा पुगेकी स्थानीयवासी १५ वर्षीया रुबीकुमारी यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

ढिस्कोमा पुरिएकी किशोरीलाई स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा बाहिर निकालिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बागमती नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् । नदीमा नुहाउन गएकी बसतपुर–८ की ८० वर्षीया चन्द्रकलादेवी गिरी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

काठमाडौं । पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई पर्चा बाँड्न पनि अवरोध

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा