Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

यमनमा बिहीबारदेखि युद्धबिराम : राष्ट्रसङ्घ



३ कात्तिक, एडेन (यमन) । अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धबिराम हुने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धबिरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा लिइसकेकोे इरानद्वारा सहयोग प्राप्त विद्रोहीले भने मङ्गलबारसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

गत अप्रिलमा यमनमा जारी द्वन्द्व अन्त्यका लागि भएको युद्धबिराम पुनः अक्टोबर २९ देखि कार्यान्वयनमा ल्याउन पहल गरिएको राष्ट्रसङ्घका यमनीस्थित प्रतिनिधि इस्माइल वल्ड शेख अहमदले बताउनुभयो ।

युद्धबिराम सुरुमा ७२ घण्टाका लागि घोषणा भएको र यसलाई सहमति निर्माण गर्दै क्रमशः यमनको स्थायी शान्तिमा परिणत गरिने गरी निर्णय लिइने उहाँले बताउनुभयो ।

यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण सात हजार मानिसको ज्यान गएको र झन्डै ३५ हजार जनसङ्ख्या विस्थापित बनेको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम