Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

पुटिन बर्लिन सम्मेलनमा सहभागी हुने



३ कात्तिक, बर्लिन (जर्मनी) । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन समस्याबारे बर्लिनमा हुने सम्मेलनमा सहभागी हुन बुधबार जर्मनी जानुहुने भएको छ ।

पुटिनको बर्लिनमा युरोपेली मुलुकका नेताहरू जमघट हुने सम्मेलनमा सहभागिता युरोप अमेरिकालगायतका केही विश्व समुदायले रसियाद्वारा सिरिया र युक्रेनमा देखाइरहेका फरक गतिविधिबारे रसियाको आलोचना गरिरहेका बेला आएको छ ।

बर्लिन सम्मेलनमा रसिया, फ्रान्स, जर्मनी र युक्रेनका नेताबीच सिरिया द्वन्द्व र रसियाद्वारा युक्रेनमा लगाइएको आर्थिक नाकाबन्दीबारे छलफल हुने बताइएको छ ।

रसियाली राष्ट्रपति पुटिनको जर्मनी भ्रमण सन् २०१४ मा युक्रेन र रसियाबीच आएको समस्यापछिको पहिलो हो ।

बर्लिन सम्मेलनमा रसिया र युरोपेली नेताहरूबीच युरोपको शान्तिका लागि भएको मिन्स्क शान्ति सम्झौताको कार्यान्वयन पक्षका बारेमा छलफल हुने बताइएको छ ।

बर्लिन सम्मेलनले युक्रेन समस्या समाधानका लागि ठूलो आसा गर्न नसकिने भन्दै युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले रसिया र युक्रेनबीचको सम्बन्ध सुधारका लागि पहल मात्र सुरु हुनसक्ने आफ्नो नर्वे भ्रमणका क्रममा बताउनुभएको छ ।

त्यसैगरी रसियाको केन्द्रीय प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले रसिया युक्रेनबीचको सम्बन्ध सुधारमा आफ्नो देश लागिपरे पनि युक्रेनबाट अपेक्षाकृत पहल नभएको बताउनुभएको छ ।

राष्ट्रपति पुटिन युक्रेन सहमतिको पालना गर्ने कुराको विकल्प नभएको बताए पनि समस्या सल्टाउन युक्रेनको अपेक्षाकृत सहयोग नदेखिएको पेस्कोभको दाबी छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी