back
CTIZAN AD

पुटिन बर्लिन सम्मेलनमा सहभागी हुने

वि.सं.२०७३ कात्तिक ३ बुधवार

984 

shares

३ कात्तिक, बर्लिन (जर्मनी) । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन समस्याबारे बर्लिनमा हुने सम्मेलनमा सहभागी हुन बुधबार जर्मनी जानुहुने भएको छ ।

पुटिनको बर्लिनमा युरोपेली मुलुकका नेताहरू जमघट हुने सम्मेलनमा सहभागिता युरोप अमेरिकालगायतका केही विश्व समुदायले रसियाद्वारा सिरिया र युक्रेनमा देखाइरहेका फरक गतिविधिबारे रसियाको आलोचना गरिरहेका बेला आएको छ ।

बर्लिन सम्मेलनमा रसिया, फ्रान्स, जर्मनी र युक्रेनका नेताबीच सिरिया द्वन्द्व र रसियाद्वारा युक्रेनमा लगाइएको आर्थिक नाकाबन्दीबारे छलफल हुने बताइएको छ ।

रसियाली राष्ट्रपति पुटिनको जर्मनी भ्रमण सन् २०१४ मा युक्रेन र रसियाबीच आएको समस्यापछिको पहिलो हो ।

बर्लिन सम्मेलनमा रसिया र युरोपेली नेताहरूबीच युरोपको शान्तिका लागि भएको मिन्स्क शान्ति सम्झौताको कार्यान्वयन पक्षका बारेमा छलफल हुने बताइएको छ ।

बर्लिन सम्मेलनले युक्रेन समस्या समाधानका लागि ठूलो आसा गर्न नसकिने भन्दै युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले रसिया र युक्रेनबीचको सम्बन्ध सुधारका लागि पहल मात्र सुरु हुनसक्ने आफ्नो नर्वे भ्रमणका क्रममा बताउनुभएको छ ।

त्यसैगरी रसियाको केन्द्रीय प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले रसिया युक्रेनबीचको सम्बन्ध सुधारमा आफ्नो देश लागिपरे पनि युक्रेनबाट अपेक्षाकृत पहल नभएको बताउनुभएको छ ।

राष्ट्रपति पुटिन युक्रेन सहमतिको पालना गर्ने कुराको विकल्प नभएको बताए पनि समस्या सल्टाउन युक्रेनको अपेक्षाकृत सहयोग नदेखिएको पेस्कोभको दाबी छ । एएफपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:२८ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...