back

इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्णः फ्रान्स

वि.सं.२०७३ कात्तिक ३ बुधवार

558 

shares
IME Limited
NTC AD

flagfrance

३ कात्तिक, पेरिस (फ्रान्स) । फ्रान्सका रक्षामन्त्री जाँ भेस लेड्रियानले मङ्गलबार फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा इराकी सहर मोसुलमा इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

मोसुल क्षेत्रमा आईएस समूहको सशक्त सङ्गठन रहेको र यसलाई विश्वभरका गतिविधि सञ्चालन गर्न एक आधार इलाकाका रूपमा आईएसले प्रयोग गर्दै आएकाले कारबाही कैयौँ हप्ता अर्थात् महिनौँ लम्बिनसक्ने भनी प्रतिक्रिया दिनुभएको छ ।

फ्रान्सका रक्षामन्त्रीको यो भनाई इराकी फौजले मोसुलमा आक्रमण सुरु गरेको ठिक एक दिन पछि आएको छ ।

इराकी फौजले सोमबारदेखि मोसुल विद्रोहीबाट पुनः नियन्त्रणमा लिन कारबाही चलाएको छ । यसका लागि इराकले करिब ३० हजार सैनिकलाई प्रयोग गर्नेछ ।

यो इराकी सेनाले सन् २०११ मा अमेरिकी सेनालाई फिर्ता पठाएपछि आईएस विद्रोहीविरुद्ध थालिएको विशाल कारबाही हो ।

इराकी सेनालाई हवाई तथा स्थल कारबाहीमा सहयोग गर्दै आएको अमेरिकी सेनाले पनि मोसुल विद्रोहीको कब्जाबाट फिर्ता गर्ने लडाइँ लामो र जटिल हुने भनी प्रतिक्रिया जनाएको छ ।

यसैबीच मोसुलको राजनीतिक भविष्यलाई लिएर फ्रान्सले आगामी मङ्गलबार एक अन्तर्राष्ट्रिय बैठकको आयोजना गर्ने फ्रान्सका रक्षामन्त्रीले जनाउनुभएको छ ।

बैठकमा इराकमा आईएस विरुद्धको लडाइँमा सैनिक गठबन्धनमा सम्मिलित राष्ट्रका रक्षामन्त्रीहरूले सैनिक कारबाहीबारे मूल्याङ्कन गरी अघि बढ्ने योजना रहेको बताइएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:२९ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...