back
CTIZAN AD

इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्णः फ्रान्स

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1K 

shares

flagfrance

३ कात्तिक, पेरिस (फ्रान्स) । फ्रान्सका रक्षामन्त्री जाँ भेस लेड्रियानले मङ्गलबार फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा इराकी सहर मोसुलमा इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

मोसुल क्षेत्रमा आईएस समूहको सशक्त सङ्गठन रहेको र यसलाई विश्वभरका गतिविधि सञ्चालन गर्न एक आधार इलाकाका रूपमा आईएसले प्रयोग गर्दै आएकाले कारबाही कैयौँ हप्ता अर्थात् महिनौँ लम्बिनसक्ने भनी प्रतिक्रिया दिनुभएको छ ।

फ्रान्सका रक्षामन्त्रीको यो भनाई इराकी फौजले मोसुलमा आक्रमण सुरु गरेको ठिक एक दिन पछि आएको छ ।

इराकी फौजले सोमबारदेखि मोसुल विद्रोहीबाट पुनः नियन्त्रणमा लिन कारबाही चलाएको छ । यसका लागि इराकले करिब ३० हजार सैनिकलाई प्रयोग गर्नेछ ।

यो इराकी सेनाले सन् २०११ मा अमेरिकी सेनालाई फिर्ता पठाएपछि आईएस विद्रोहीविरुद्ध थालिएको विशाल कारबाही हो ।

इराकी सेनालाई हवाई तथा स्थल कारबाहीमा सहयोग गर्दै आएको अमेरिकी सेनाले पनि मोसुल विद्रोहीको कब्जाबाट फिर्ता गर्ने लडाइँ लामो र जटिल हुने भनी प्रतिक्रिया जनाएको छ ।

यसैबीच मोसुलको राजनीतिक भविष्यलाई लिएर फ्रान्सले आगामी मङ्गलबार एक अन्तर्राष्ट्रिय बैठकको आयोजना गर्ने फ्रान्सका रक्षामन्त्रीले जनाउनुभएको छ ।

बैठकमा इराकमा आईएस विरुद्धको लडाइँमा सैनिक गठबन्धनमा सम्मिलित राष्ट्रका रक्षामन्त्रीहरूले सैनिक कारबाहीबारे मूल्याङ्कन गरी अघि बढ्ने योजना रहेको बताइएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:२९ मा प्रकाशित

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा, जापान । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै...