back
CTIZAN AD

अर्थमन्त्रीलाई सांसद शाहीको आरोप– “तपाईकै कारण हजारौँ लगानीकर्ता संकटमा”

वि.सं.२०८३ साउन १० आइतवार

144 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले शेयर बजारमा आएको गिरावटका लागि सरकारको आर्थिक नीतिलाई जिम्मेवार ठहर गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि कडा आरोप लगाएका छन्। उनले फागुनयता शेयर बजारमा आएको गिरावटका कारण करिब रु. २.१५ खर्ब बराबरको लगानी गुमेको दाबी गर्दै हजारौँ लगानीकर्ता आर्थिक संकट र मानसिक तनावमा परेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले शेयर बजारको अवस्थाप्रति सरकार संवेदनशील बन्नुपर्ने उल्लेख गरेका छन्। उनले पछिल्ला महिनाहरूमा बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताले ठूलो क्षति बेहोर्नुपरेको दाबी गरेका छन्।

शाहीले शेयर लगानीकर्ता रश्मी रिजालको आत्महत्याप्रति दुःख व्यक्त गर्दै उक्त घटनालाई गम्भीर रूपमा लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन्। ‘शेयर बजार ध्वस्त भयो, रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्। अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सांसद शाहीले सरकारको आर्थिक नीतिकै कारण शेयर बजार प्रभावित भएको आरोप लगाउँदै हजारौँ लगानीकर्ता आर्थिक संकटमा परेको दाबी गरेका छन्।

यद्यपि, उनले उल्लेख गरेको रु. २.१५ खर्बको क्षति तथा शेयर बजारको गिरावट र रश्मी रिजालको मृत्युबीच प्रत्यक्ष सम्बन्ध रहेको विषयमा सम्बन्धित सरकारी निकायले औपचारिक पुष्टि भने गरेको छैन। रश्मी केही समयदेखि मानसिक समस्यामा रहेकाे परिवारले बताएकाे छ ।

 

वि.सं.२०८३ साउन १० आइतवार १२:५५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...