back
CTIZAN AD

अन्तर्राष्ट्रिय सनातन बैदिक आर्य महासम्मेलनको तयारी पुरा

वि.सं.२०७३ कात्तिक ३ बुधवार

897 

shares

आकाश घिमिरे

araya-samaj

३ कात्तिक, काठमाण्डौं । अन्तर्राष्ट्रिय सनातन बैदिक आर्य महासम्मेलनको तयारी पुरा भएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराइएको छ ।

काठमाडौको सैनिक मन्च टुँडिखेलमा यहि कार्तिक ४, ५ र ६ गते (अक्टोबार २०, २१ र २२) मा पहिलो पटक सम्पन्न हुने भएको हो ।

सो प्रेस सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलनका सहसंयोजक तथा त्रिभुवन विश्वविद्यालयका संस्कृत विभागका उप प्राध्यापक जनार्धन घिमिरेले प्राचीन ऋषि मुनिहरुको हाम्रो देशमा एक घर एक वेद हुनु पर्नेमा जोड दिनु भयो ।त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सार्वदेशिक आर्य प्रतिनिधि सभाका महामन्त्री प्रकाश आर्यले आर्य समाजले सवैलाई समान व्यवहार गर्ने कसैको भेदभाव नगर्नै बताउनु भयो ।
यसैगरी सम्मेलनको तयारी बारे जानकारी गराउँदै सम्मेलनका संयोजक डा. माधव प्रसाद उपाध्यायले सम्मेलनको सवै तयारी पुरा भएको र सुरक्षाको सवै व्यवस्था मिलाइएको जानकारी दिनु भयो ।
त्यसैगरी सोही पत्रकार सम्मेलनमा बोल्दे सम्मेलनमा मुल संरक्षक स्वामी सम्पुर्णानन्द सरस्वतीले महर्षि श्रँृगीको यो पावन नेपाल भुमिमा हुन लागेको अन्तराष्ट्रीय आर्य महासम्मेलनले सवैको कल्याण गर्ने बताउनु भयो ।
नेपाल, भारत, बंगलादेश, म्यानमार, मौरिशस, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, क्यानडा, अमेरिका लगायत दुई दर्जन देशबाट ख्याती प्राप्त आर्य सन्यासी विदुषी महिला चिकित्सक योग गुरु तथा विद्धान व्यक्तित्वहरु आउनेक्रम जारी रहेको छ । यसैगरी सम्मेलनमा सहभागि हुन पतञ्जली योगपिठका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण र एमडिएच मसलाका प्रमुख तथा आर्य समाज भारतका संरक्षक महासय धर्मपाल पनि आउने कार्यक्रम छ ।
सम्मानीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूबाट कार्तिक ४ गते अपरान्ह २ बजे काठमाडौ टुडिखेलमा महासम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
एक्काइसौँ शताब्दिका महान समाज सुधारक आर्य समाजका संस्थापक महर्षि स्वामी दयानन्द सरस्वती र अमर शहिद शुक्रराज शास्त्रीका पिता पण्डित माधवराज जोशिको पहलमा सर्वप्रथम विसं १९५३ साल असार १५ गते डम्बरजंग राणाको अध्यक्षतामा पोखरामा नेपाल आर्य समाज स्थापना भएको थियो ।
महासम्मेलनको पुनित अवसरमा योगध्यान शिविर, वैदिक यज्ञ हवन, भक्ति संगित, वेद विज्ञान सम्मेलन, संस्कृत सम्मेलन, महिला र युवा सम्मेलन, कवि सम्मेलन, राष्ट्र रक्षा सम्मेलन, सनातन वैदिक धर्म सम्मेलन, शिक्षा सम्मेलन र आर्य सम्मेलन लगायतका महत्वपूर्ण सम्मेलनहरु सम्पन्न हुनेछन् । २०७३ कार्तिक ४ गते विहान ५ बजे योगध्यान शिविर सुरु भै कार्तिक ६ गते साँझ ६.४५ बजे ध्वजा अवतरणका साथ महासम्मेलन सम्पन्न गरिने छ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०५:२६ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...