back

बीमाबापत अहिलेसम्म रू १२ अर्ब भुक्तानी

वि.सं.२०७३ कात्तिक ३ बुधवार

534 

shares
GLOBAL IME AD
NTC AD

३ कात्तिक, काठमाडौँ। गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमाबापत अहिलेसम्म रू १२ अर्ब तीन करोड दुई लाख भुक्तानी गरिएको छ ।

बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको प्रिमियम भुक्तानी भई सो रकम विभिन्न बीमा कम्पनीमार्फत घरधनीलाई उपलब्ध गराएको जनाएको छ । सो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पबाट आवासीय घर तथा ठूला महलको समेत क्षति भएको थियो ।

समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बीमाप्रति सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसारको अभिवृद्धि गरिएपछि अहिले त्यसप्रति उनीहरुको चासो र सरोकार वृद्धि भएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले बीमा व्यवसायबाट आव २०७१÷७२ मा रू ३६ अर्ब २८ करोड ९० लाख बीमा शुल्क आर्जन भएको जानकारी दिँदै २०७०÷७१ मा रू ३० अर्ब ४३ करोड १३ लाख बीमा शुल्क आर्जन भएको बताउनुभयो । सो रकम १९ प्रतिशतले बढी हो ।

विसं २०२५ मा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्नका लागि नियमकारी निकायका रुपमा अर्थ मन्त्रालयको एकाइका रुपमा बीमा समितिको स्थापना भएको थियो । विसं २०४९ मा आएको बीमा ऐनले सो व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक जिम्मेवारीका साथ स्वायत्त संस्थाका रुपमा समितिलाई स्थापित गरेको हो ।

सम्बन्धित घरधनीले भूकम्प जानुअगाडि बीमा गरेका ती घर, अपार्टमेन्ट तथा मलको सङ्ख्या १७ हजार आठ सय ४० घर रहेको र सोही अनुसारको दाबी परेकामा एक हजार चार सय ९७ घरको प्रिमियम भुक्तानीको प्रक्रिया चलिरहेको छ ।

केही जटिल प्रक्रियाका समस्या रहेका दाबीउपर बीमा दाबी उजुरी छानबिन समितिले छानबिन गरिरहेको समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार एकपटक भुक्तानी भएपछि पुनः आएका परकम्पबाट क्षति भएका घर तथा आवास भत्किएकाले पनि समस्या बढेको छ ।

नेपालमा नौवटा जीवन बीमा कम्पनी तथा १६ वटा निर्जीवन बीमा कम्पनी कार्यरत छन् । घर, मोटरलगायतको गरिने बीमा निर्जीवन कम्पनीले गर्ने गर्दछन् । बीमा गर्न चाहने सर्वसाधारणलाई बीमाप्रति आकर्षित गराउनका लागि पछिल्लो समय बीमा समितिले सबै कम्पनीलाई थप व्यवस्थित बनाउन चुक्ता पुँजी बढाउन आग्रह गरेको छ ।

अर्थशास्त्री राधेश्याम मालाकारले कुनै पनि विपत् तथा भवितव्यबाट जीवन तथा भौतिक सम्पत्ति जोखिममा रहँदा नजिकका आफन्तले त्यसको क्षति प्राप्त गर्न सक्ने हुँदा बीमा सेवालाई ग्रामीण भेगसम्म पु¥याउन खाँचो रहेको बताउनुभयो ।

क्यानाडामा अर्थशास्त्रमा विद्यावारिधि पूरा गर्न लाग्नुभएका मालाकारले भन्नुभयो–“बीमा भनेको एउटाको जोखिम अर्काले उठाउने हो ।” अहिले कृषि, पशुपालन, विभिन्न बाली तथा उद्योगमा पनि बीमाको व्यवस्था भएको छ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०५:२७ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका...