back
CTIZAN AD

विश्वका वैज्ञानिक पोखरामा छलफल गर्दै

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1K 

shares

३ कात्तिक,पोखरा । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् ।

अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका प्रयोग तथा अनुसन्धानबारे एकअर्कामा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनका संयोजक रामेश्वर अधिकारीका अनुसार नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, इटाली, चेक रिपब्लिक, स्विडेन, जापान, कोरिया, जर्मनी, दक्षिण अफ्रिका लगायतका देशबाट आएका एक सय ८० जना वैज्ञानिक पोखरामा छलफलमा सहभागी भएका हुन् ।

“सोमबारदेखि सुरु भएको चारदिने सम्मेलनमा पदार्थ विज्ञानमा भइरहेका पछिल्ला अध्ययन–अनुसन्धान विषयमा गम्भीर छलफल प्रारम्भ भएको छ,” उहाँले भन्नुभयो, “सम्बन्धित विज्ञले पदार्थ विज्ञानका सम्बन्धमा प्रयोगशालाबाट भइरहेका अनुसन्धानबारे जानकारी गराउनुहुनेछ, त्यसका अतिरिक्त परम्परागत जडीबुटी विज्ञान लगायतका विषयमा पनि छलफल गरिनेछ ।”

सम्मेलनमा न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा भइरहेका अनुसन्धानबारे कार्यपत्र प्रस्तुत भई त्यसमा छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

नेपालमा पदार्थ विज्ञान विषयमा थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउँदै अधिकारीले अति सूक्ष्म पदार्थ प्रविधिका सम्बन्धमा पोखरा सम्मेलन लगत्तै अक्टोबर २२ मा चितवन र अक्टोबर २४ मा विराटनगरमा सम्बन्धित विषयका शिक्षकको सहभागितामा कार्यशाला गर्न लागिएको बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०५:२८ मा प्रकाशित

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...