Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्वका वैज्ञानिक पोखरामा छलफल गर्दै



३ कात्तिक,पोखरा । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् ।

अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका प्रयोग तथा अनुसन्धानबारे एकअर्कामा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनका संयोजक रामेश्वर अधिकारीका अनुसार नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, इटाली, चेक रिपब्लिक, स्विडेन, जापान, कोरिया, जर्मनी, दक्षिण अफ्रिका लगायतका देशबाट आएका एक सय ८० जना वैज्ञानिक पोखरामा छलफलमा सहभागी भएका हुन् ।

“सोमबारदेखि सुरु भएको चारदिने सम्मेलनमा पदार्थ विज्ञानमा भइरहेका पछिल्ला अध्ययन–अनुसन्धान विषयमा गम्भीर छलफल प्रारम्भ भएको छ,” उहाँले भन्नुभयो, “सम्बन्धित विज्ञले पदार्थ विज्ञानका सम्बन्धमा प्रयोगशालाबाट भइरहेका अनुसन्धानबारे जानकारी गराउनुहुनेछ, त्यसका अतिरिक्त परम्परागत जडीबुटी विज्ञान लगायतका विषयमा पनि छलफल गरिनेछ ।”

सम्मेलनमा न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा भइरहेका अनुसन्धानबारे कार्यपत्र प्रस्तुत भई त्यसमा छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

नेपालमा पदार्थ विज्ञान विषयमा थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउँदै अधिकारीले अति सूक्ष्म पदार्थ प्रविधिका सम्बन्धमा पोखरा सम्मेलन लगत्तै अक्टोबर २२ मा चितवन र अक्टोबर २४ मा विराटनगरमा सम्बन्धित विषयका शिक्षकको सहभागितामा कार्यशाला गर्न लागिएको बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।