back

भूक्षय नियन्त्रण र पहिरो व्यवस्थापनका लागि रकम माग

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.2K 

shares
GLOBAL IME AD
NTC AD

 ३ कात्तिक,काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड ७२ लाख बराबर रकम माग भएको छ ।

जेठ महिनादेखि असोज महिनासम्म परेको निरन्तर वर्षाका कारण देशभरका विभिन्न भागमा गएको बाढीपहिरो र भूक्षयका कारण विभिन्न जिल्लाका सांसद तथा जिल्ला कार्यालयले उक्त रकम माग गरेका हुन् । मन्त्रालयले हरेक वर्ष बाढीपहिरो र भूक्षय नियन्त्रण गर्न रु दुई अर्ब बराबर रकम छुट्याए पनि उक्त रकमले नपुग्ने भएपछि सो रकम माग गरिएको विभागका प्रवक्ता धिरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको मध्यपहाडी जिल्ला पर्वत, स्याङ्जा, लमजुङ, सिन्धुपाल्चोक, तनहुँ, खोटाङ, बझाङ, काभ्रेपलाञ्चोक, कास्की, काठमाडौँ लगायतका जिल्लाबाट बढी मात्रामा रकम माग भएको छ ।” विभागका अनुसार एक वर्षमा मात्र मन्त्रालय र विभागमा मात्र एक सय ८० वटा निवेदन परेका छन् ।

प्रधानले सानातिना बाढीपहिरो र भूक्षयका लागि जिल्लामा निवेदन आउने गरेपनि जिल्लामा गएको रकमले नभ्याउने ठूला बाढीपहिरो र भूक्षय नियन्त्रणका लागि मन्त्रालय र विभागमा उक्त परिमाणको निवेदन आएको बताउनुभयो ।

उहाँले सडक पाखो संरक्षण, तटबन्ध निर्माण, पोखरी संरक्षण, पहिरो नियन्त्रण, कटान नियन्त्रण, खोला किनारा संरक्षण, सिमसार संरक्षण, वृक्षारोपण लगायतका शीर्षकमा धेरै निवेदन दर्ता भएको बताउनुभयो । नेपालमा कमजोर भौगोलिक बनावट, धेरै वन अतिक्रमण र प्रारम्भिक वातावरणीय अध्ययन नगरी संरचना निर्माण गर्दा धेरै बाढीपहिरो र भूक्षय हुने गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०६:०२ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...