back
CTIZAN AD

अन्तर्राष्ट्रिय सम्मेलनमा युनेस्कोका निर्देशक सहभागी हुने

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.2K 

shares

 

ब्रुसेल्स, अक्टोबर- लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियान र लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा आगामी २७ नोभेम्वर ९ मंसिर १२० का दिन ब्रुसेल्सस्थित होटल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टरमा हुने अन्तर्राष्ट्रिय सम्म्मेलनमा  युनेस्कोका निर्देशक मुख्यालयका निर्देशक पाउलो फोंटानी सहभागी हुनु हुनेछ । लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी(कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं सम्मेलनका आयोजक दामोदरप्रसाद आचार्यका अनुसार फोंटानी विगत १ डिसेम्बर २०१५ देखि युनेस्को बेनेलक्स र युरोपियन युनियनको प्रतिनिधित्व गरिरहनु भएको छ । फोंटानीले युनेस्कोका लागि बोस्निया, कोसोभो, अफगानिस्तान,क्यरिबियन र ब्राजिलमा रहेर काम गरिसक्नुभएको छ ।

सम्मेलनमा फोंटानीका अलावा लुम्बिनीलाई विश्व शान्ति नगर निर्माणका योजनाकार प्रोफेसर योउङ्ग हून क्वाक, बेलायतको दुरहाम विश्वविद्यालयका उपकुलपति प्रोफेसर रोबिन कोनिङ्घाम, नेपालका वरिष्ट पुरातात्वविद एवं युनेस्को कन्सल्टेन्ट कोषप्रसाद आचार्य, प्रोफेसर डा कविताराम श्रेष्ठ, बौद्ध दर्शनका विद्वानहरु भेन सी नम्खा दोर्जे रिन्पोचे र खेन्पो हुन्गत्रम्पा रिन्पोचे( जो बेलायतको रक्षा मन्त्रालयबाट नियुक्त पहिलो गोर्खा सैनिकहरुलाई बौद्ध दर्शन दिने प्रशिक्षक हुनुहुन्छ ) समेतले लुम्बिनी, नेपाललाई विश्वशान्तिको स्रोत र विश्व शान्ति नगरका रुपमा महत्वपुर्ण संबोधन गर्नु हुनेछ ।

सम्मेलनको ब्यबस्थापन अन्तिम चरणमा पुगेको छ । सम्मेलनमा सहभागिता जनाउनेहरुका लागि सस्शुल्क्सहित अनलाइन बुकिङ्ग ( (https://www.eventbrite.com/e/world-peace-city-lumbini-intl-conference-tickets-28331555445?utm-medium=discovery&utm-campaign=social&utm-content=attendeeshare&aff=esfb&utm-source=fb&utm-term=listing)

को व्यवस्था गरिएको छ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०६:१७ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...