back

अन्तर्राष्ट्रिय सम्मेलनमा युनेस्कोका निर्देशक सहभागी हुने

वि.सं.२०७३ कात्तिक ३ बुधवार

114 

shares

 

ब्रुसेल्स, अक्टोबर- लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियान र लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा आगामी २७ नोभेम्वर ९ मंसिर १२० का दिन ब्रुसेल्सस्थित होटल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टरमा हुने अन्तर्राष्ट्रिय सम्म्मेलनमा  युनेस्कोका निर्देशक मुख्यालयका निर्देशक पाउलो फोंटानी सहभागी हुनु हुनेछ । लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी(कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं सम्मेलनका आयोजक दामोदरप्रसाद आचार्यका अनुसार फोंटानी विगत १ डिसेम्बर २०१५ देखि युनेस्को बेनेलक्स र युरोपियन युनियनको प्रतिनिधित्व गरिरहनु भएको छ । फोंटानीले युनेस्कोका लागि बोस्निया, कोसोभो, अफगानिस्तान,क्यरिबियन र ब्राजिलमा रहेर काम गरिसक्नुभएको छ ।

सम्मेलनमा फोंटानीका अलावा लुम्बिनीलाई विश्व शान्ति नगर निर्माणका योजनाकार प्रोफेसर योउङ्ग हून क्वाक, बेलायतको दुरहाम विश्वविद्यालयका उपकुलपति प्रोफेसर रोबिन कोनिङ्घाम, नेपालका वरिष्ट पुरातात्वविद एवं युनेस्को कन्सल्टेन्ट कोषप्रसाद आचार्य, प्रोफेसर डा कविताराम श्रेष्ठ, बौद्ध दर्शनका विद्वानहरु भेन सी नम्खा दोर्जे रिन्पोचे र खेन्पो हुन्गत्रम्पा रिन्पोचे( जो बेलायतको रक्षा मन्त्रालयबाट नियुक्त पहिलो गोर्खा सैनिकहरुलाई बौद्ध दर्शन दिने प्रशिक्षक हुनुहुन्छ ) समेतले लुम्बिनी, नेपाललाई विश्वशान्तिको स्रोत र विश्व शान्ति नगरका रुपमा महत्वपुर्ण संबोधन गर्नु हुनेछ ।

सम्मेलनको ब्यबस्थापन अन्तिम चरणमा पुगेको छ । सम्मेलनमा सहभागिता जनाउनेहरुका लागि सस्शुल्क्सहित अनलाइन बुकिङ्ग ( (https://www.eventbrite.com/e/world-peace-city-lumbini-intl-conference-tickets-28331555445?utm-medium=discovery&utm-campaign=social&utm-content=attendeeshare&aff=esfb&utm-source=fb&utm-term=listing)

को व्यवस्था गरिएको छ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०६:१७ मा प्रकाशित

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...